Butwal Today

शिक्षा समितिको बैठक स्थगित, अस्थायी शिक्षकको प्रतिस्पर्धामा सहमति नजुट्दा अन्योल

१६ असार २०८२, सोमबार
अ+
अ-

काठमाडौं ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बिहानका लागि तय भएको बैठक स्थगित गरिएको छ। बिहान ८:३० बजे बोलाइएको बैठक सहमति नजुटेपछि दिउँसो २ बजेका लागि सारिएको हो।

बैठक अस्थायी प्रकृतिका शिक्षकहरूलाई स्थायीकरणको प्रक्रियामा कसरी प्रतिस्पर्धामा सामेल गराउने भन्ने विषयमा सहमति नहुँदा स्थगित गरिएको हो। प्रतिस्पर्धाको अनुपात ६०/४० गर्ने कि ७५/२५ राख्ने भन्नेमा समिति सदस्यहरूबीच मतभेद देखिएको छ।

बैठकअघि समन्वय परामर्श उपसमितिले सहमति जुटाउन प्रयास गरेको थियो, तर निष्कर्षमा पुग्न नसकिएपछि बैठक स्थगित गर्नु परेको हो। अब शिक्षा मन्त्रालयले शिक्षक महासंघसँग छलफल गरेपछि मात्र दिउँसो २ बजे पुनः बैठक बस्ने भएको छ। यस विषयमा ठोस निर्णय नभएसम्म शिक्षा विधेयकको अघि बढाइमा पनि ढिलाइ हुने संकेत देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?