Butwal Today

मन्त्रिपरिषद्को १५ निर्णय सार्वजनिक

१६ असार २०८२, सोमबार
अ+
अ-

काठमाडौं  ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १५ निर्णयहरू सार्वजनिक गरेका छन्। ती निर्णयहरूमा महत्त्वपूर्ण पदमा नियुक्ति, विधेयक तर्जुमाका लागि स्वीकृति लगायतका विषय समेटिएका छन्।

बैठकले सार्वजनिक खरिद पुनरवलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। सदस्यमा पूर्वसचिवहरू रोहितकुमार विसुराल र थानेश्वर गौतम नियुक्त भएका छन्।

त्यस्तै, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त कार्यकारी निर्देशक पदमा रामशरण पुडासैनीलाई नियुक्त गर्ने निर्णय पनि बैठकबाट पारित भएको मन्त्री गुरुङले जानकारी दिए।

बैठकले विदेशी विनिमय विधेयक र सम्पत्ति व्यवस्थापन विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृति दिने निर्णयसमेत गरेको छ। यी विधेयकहरूको तयारी आगामी संसद् सत्रमा प्रस्तुत गर्नका लागि आधारभूत प्रक्रिया मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?