Butwal Today

बिधेयकका अवस्थाबारे बुझ्न सभामुखले छलफल गर्दै

१६ असार २०८२, सोमबार
अ+
अ-

काठमाडौं, १६ असार ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूलाई सामुहिक छलफलमा बोलाएका छन्।

आज दिउँसो २ः०० बजे समितिका सभापतिहरूसँग संघीय संसद भवन, नयाँ बानेश्वरमा सभामुखले छलफलका लागि बोलाएका हुन ।

छलफलमा समितिमा रहेका विधेयकको अवस्थाबारे छलफल हुने सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

‘सभामुखले २ः०० बजे समिति सभापतिहरूसँग शंकर हल, नयाँ बानेश्वरमा छलफल गर्दै हुनुहुन्छ, आजको छलफलको विषय रहेको छ–विधेयकको अवस्था लगायत ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?