ट्रेंडिंग:

>> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द

पर्यटन बोर्डले भन्यो अनोमाघाट‘अनोमा प्रबज्या स्थल’

१६ असार २०८२, सोमबार
१६ असार २०८२, सोमबार

नवलपरासी, १६ असार ।

जिल्लाको सुस्ता ५ ठाढीघाट (अनोमाघाट) लाई नेपाल पर्यटन बोर्डले अनोमा प्रबज्या स्थल घोषणा गरेको छ । सुस्ता गाउँपालिकालाई यहिँ २०८२ साल असार १५ गते पत्राचार गर्दै उक्त स्थल बौद्धमार्गीको एक महत्त्वपूर्ण तीर्थस्थल पर्यटकीय क्षेत्र भएको घोषणाबारे जानकारी गराएको हो ।  नेपाल विश्व माझ गौतम बुद्धको जन्मस्थल को रूपमा प्रचलित रहेको र भगवान् बुद्ध (सिद्धार्थ गौतम) र बौद्धधर्मावलम्बिहरूको लागि विशेष महत्त्व राख्ने स्थानहरूका लागि प्रसिद्ध भएकै कारण नेपाल बौद्ध धर्मावलम्बीहरूको लागि एक धार्मिक पर्यटकीय गन्तव्य रहँदै आएको छ ।

यस सन्दर्भमा अनोमा नदी (नारायणी नदी) को किनारमा अवस्थित लुम्बिनी प्रदेश नवलपरासी जिल्ला वार्ड नं. ५ पकलिहवा स्थित अनोमा घाट (ठाढी घाट लाई भगवान् सिद्धार्थ बुद्धको महाभिनिस्क्रमण स्थललाई अनोमा प्रबज्या स्थल घोषित भएकोमा हार्दिक बधाई तथा सो प्रबज्या स्थललाई बौद्ध धर्मावलम्बिहरूका लागि एक नयाँ पर्यटकीय गन्तब्यका रूपमा विकास तथा प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड सहकार्य गर्न तयार रहेको पनि जानकारी दिँदै हार्दिक शुभकामना व्यक्त गरेको कुरा पत्रमा उल्लेख छ ।

बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीद्वारा हस्ताक्षरित उक्त पत्र सार्वजनिक भए पश्चात् सरोकारवाला उत्साही भएका छन् । अनोमाघाट घोषणा गराउनमा प्रयत्नरत रहेको पिस क्लब इन्टरनेसनल नवलपरासीका अध्यक्ष सम्भु उपाध्यायले अहिले पर्यटन बोर्डको उक्त घोषणाले जिल्लावासीलाई उत्साही बनाएको प्रतिक्रिया दिएका थिए । त्यसका लागि तत्कालीन गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलको सक्रियता रहेको थियो ।

अनोमाघाट घोषणा पश्चात् उक्त स्थानमा असार पूर्णिमाको दिन महाभिनिष्क्रमण दिवस मनाउने र कार्तिक पूर्णिमा हजार बत्ती बालेर मनाइँदै आएको छ । असार पूर्णिमाकै दिन सिद्धार्थ गौतम गृह त्याग गरी अनोमाघाटमा पुगेर महाभिनिष्क्रमण (प्रबज्या) लिई कपाल मुण्डन गरेर संन्यास धारण गरेर ज्ञानको खोजीमा निस्केका थिए । परापूर्व काल देखी ठाढीघाट मेला तथा कुस्ति प्रतियोगिता हुने सुस्ता ५ स्थित गण्डकी (प्राचिन अनोमा नदी) स्थित बौद्ध तिर्थ स्थलको रूपमा पहिचान बनाउदै आएको अनोमाघाट (ठाढीघाट) मा हजार बत्ती बाल्ने कार्यक्रम गाउँपालिकाले गरेको थियो ।

नेपालको बोधगयाको रूपमा संसार भरि चिनाउने उद्देश्यले गाउँपालिकाद्वारा विभिन्न कार्यक्रम हुदै आएको छ । बोधगयामा सिद्धार्थले ज्ञान प्राप्ति गरे पनि अनोमाघाटबाट ज्ञानको खाजीमा निस्कने पहिलो पाइला भएको हुँदा नेपालको बोधगाय भनेर चिनाउनमा स्थानीय पनि लागेका थिए । हजार बत्तिको अर्थ भगवान् बुद्धको संघमा एक हजार जना साधु दिक्षा लिएर प्रबज्य भई भिच्छु बनेको दिन हो । ती हजार जना भिक्षु पछि बुद्धको शिक्षा अनुसार ध्यान (विपश्यना) अभ्यास गरेर पछि अर्हन्त (मुक्त) भएको बौद्ध इतिहासमा उल्लेख छ ।

सारनाथमा पाँच वर्गीय भिक्षुलाई धुम्म चक्र पर्वतन चलाए । सिद्धार्थ गौतम बुद्ध हुनु पुर्व मगधका तत्कालीन सम्राट् बिम्बिसारलाई बुद्धत्व (ज्ञान) प्राप्ति पछि त्यो ज्ञान सबै भन्दा पहिला सम्राट् बिम्बिसारलाई दिने बचन दिएका थिए । सो बचन पुरा गर्नका लागि बुद्ध सारनाथबाट कात्तिक पुर्णिमाका दिन ज्ञान दिन तत्कालीन मगधको राजधानी राजगिर जाने क्रममा नदी कश्यप, उर्वेला कस्यप र गया कश्यप तीन जना जटिल ऋषि सहित उनका शिष्यलाई समेत सो ज्ञान बाटोमा दिँदै भिक्षु सङ्घ बनाए । ती ऋषिका क्रमशः ५ सय, ३ सय २ सय शिष्य थिए ।

ती सबै जना बुद्धबाट दिक्षा लिएर भिच्छु बनेका थिए । एकै दिन १ हजारको सङ्ख्यामा साँधुहरू भिक्षु भएको दिन कार्तिक पूर्णिमाको दिन थियो । तिनै एक हजार भिक्षुलाई लिएर भगवान् बुद्ध सम्राट् बिम्बिसारको दरबारमा पुगेका थिए । सम्राट् विम्बिसारले भगवानको स्वागतमा पुरै राजगिरमा दिप जलाउन लगाएका थिए । भोजदान गरेका थिए । सोही दिन सम्राट् विम्बिसारले भोजनदानपछि भगवानलाई बेलुबन उपहारमा पनि दिए । सोही स्थानमा भिक्षुहरूको बासका लागि बेलुबन विहार बनेको थियो ।

भारत, श्रीलंका, म्यानमार, थाईलैण्ड लगायतका विभिन्न देशमा कात्तिक पूर्णिमालाई विभिन्न कार्यक्रम गरी बौद्ध विहारहरूमा कार्यक्रम हुने गरेको छ । बुद्धको तिनै शिक्षालाई प्रवाह गर्ने गरी विश्व शान्तिको स्रोतको रूपमा अनोमाघाटलाई विकास र पहिचानका लागि कार्यक्रम गर्ने क्रममा गत वर्षदेखि कात्तिक पूर्णिमाको दिन ति एक हजार भिक्षुहरू बुद्धको ज्ञान पाएर जरामरणबाट मुक्त भएको दिन सम्झँदै हजार बत्ती बाल्ने परम्पराको शुभारम्भ तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पौडेलले चलाएका थिए । यो वर्ष पनि पालिका, वडा कार्यालय र स्थानीयवासी मिलेर सो परम्परालाई निरन्तरता दिएको पालको भनाइ थियो ।

गत असार पूर्णिमामा पनि सिद्धार्थ गौतम गृह त्याग गरी यो अनोमाघाटमा पुगेर कपाल मुण्डन गरी राजसी पोसाक त्याग गरी संन्यास धारण गरेर बोद्धीको खोजीमा लागेको दिन सम्झँदै स्थानीय र श्रद्धालुहरूले कपाल मुण्डन गरी असार पूर्णिमा मनाएका थिए । असार पूर्णिमादेखि बुद्धको भिक्षुहरूको बर्षाबास सुरु हुन्छ । त्यो दिन अनोमाघाटमा महाभिनिष्मण दिवस मनाइने चलन छ । दुई वर्षदेखि कार्तिक पुर्णिमा हजार बत्ती बाल्ने कार्यक्रमले अनोमा घाटलाई थप उचाइमा पुर्‍याएको उनले विश्वास ब्यक्त गरेका थिए ।

अनोमाघाटमा कम्तीमा पनि असार पूर्णिमा र कात्तिक पूर्णिमालाई भव्यताका साथ मनाउने कार्यले संसारका बौद्धहरूको आकर्षण बढ्दै गएको छ । सिद्धार्थ गौतम गृह त्याग गरेर ज्ञानको खोजीमा निस्कँदा कोलिय राज्यको अन्तिम सीमा अनोमा नदी किनारमा पुगेपछि उनको कण्टक घोडा ठढा भयो, त्यही बेला देखी स्थानीय स्तरमा ठाढीघाटको रूपमा चिनिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?