Butwal Today

कांग्रेसको केन्द्रीय समिति बैठकमा १३ एजेण्डा पेस

१६ असार २०८२, सोमबार
अ+
अ-

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा डेढ घण्टा ढिलो गरी सुरु भएको छ। बैठकमा महामन्त्री गगन थापाले छलफलका लागि १३ एजेण्डा प्रस्तुत गरेका छन्।

पेस गरिएका एजेण्डाहरूमा पार्टीले सञ्चालन गरेको १०० दिने अभियानको कार्यपत्र, भ्रातृ संगठनहरूको तदर्थ समितिको म्याद थप, क्रियाशील सदस्यताको नवीकरण र वितरण, तथा जनसम्पर्क समिति सदस्यतामा दुई किसिमको व्यवस्था गर्न विधान परिमार्जन गर्ने प्रस्तावहरू समावेश छन्।

त्यस्तै, केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा स्मारिका प्रकाशन, समसामयिक राजनीतिक अवस्था लगायतका विषयहरू पनि एजेण्डामा समेटिएको छ।

बैठकमा पेस गरिएका प्रस्तावहरूमा व्यापक छलफलपछि निर्णय लिने तयारी गरिएको छ। पार्टीभित्र आन्तरिक संगठन सुदृढीकरण र आगामी रणनीति तय गर्न बैठकलाई महत्त्वपूर्ण मानिएको छ।

यी हुन १३ एजेन्डा:

  1.  १०० दिने अभियानका प्रतिवेदन प्रस्तुत र छलफल
  2.  केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन
  3. केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत
  4. अनुशासन समितिको प्रतिवेदन
  5. कृयाशिल सदस्यता नवीकरण प्रगति विवरण
  6. केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय
  7. नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र बिस्तार सम्बन्धमा
  8. नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा मान्यता प्राप्त ‘नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ’ र ‘नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ’ (निस्टा) को नाम संशोधन सम्बन्धमा
  9.  कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन
  10. जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने सम्बन्धमा
  11.  संसद र सरकारमा पार्टीको भूमिका प्रभावकारीता (मन्त्रीहरूको प्रतिवेदन सहित छलफल)
  12. समसामयिक विषय (राजनैतिक, सामाजिक, शैक्षिक, प्रशासनिकलगायत
  13.  विविध।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?