स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल अस्पताल भर्ना भएका छन् । अचानक ज्वरो आएर अस्वस्थ भए पछि स्वास्थ्य मन्त्री पौडेले अस्पताल भर्ना भएका हुन ।
मन्त्री पौडेल ज्वरो आएपछि शनिवार देखी वीर अस्पताल, महाकालमा भर्ना भएका हुन् । वीर अस्पतालको पुरानो भवनमा रहेको भिभिआइपी वार्डमा उपचार भइरहेको छ, उनको स्वास्थ्य अवस्था सुधारोन्मुख भइरहेको उनको सचिवालयले जनाएको छ।