Butwal Today

सुनको मूल्य १ हजार रुपैयाँले घट्यो

१५ असार २०८२, आइतबार
अ+
अ-

काठमाडौं ।

सुनको मूल्य लगातार ओरालो लाग्ने क्रम आज पनि कायम रह्यो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १,००० रुपैयाँले घटेर १,८८,४०० रुपैयाँमा झरेको छ।

गएको शुक्रबार मात्रै सुनको मूल्य तोलामा २,९०० रुपैयाँले घटेर १,८९,४०० पुगेको थियो। त्यसको तुलनामा आज थप गिरावट आएको हो।

गएको वैशाख ९ गते सुनको मूल्य ऐतिहासिक रुपमा तोलाको १,९७,९०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो। त्यसयता सुनको मूल्यमा तोलामा ९,५०० रुपैयाँको गिरावट आइसकेको छ। चाँदीको मूल्य पनि आज घटेको छ। महासंघका अनुसार चाँदी आज तोलामा २५ रुपैयाँ घटेर २,१४० रुपैयाँमा कारोबार भइरहेको छ।