© 2026
काठमाडौँ ।
मुगु जिल्लाको जिमा क्षेत्र केन्द्रबिन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ३४ मिनेट जाँदा गएको उक्त भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड मापन गरिएको छ।
केन्द्रले दिएको जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु मुगु जिल्लाको जिमा क्षेत्रमा रहेको हो। हालसम्म मानवीय क्षति वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। क्षेत्रीय रूपमा हल्का धक्का महसुस गरिएको भए पनि विस्तृत विवरण आउन बाँकी छ।