ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

प्रसिद्धको शतक र बिपिनको ६ विकेटमा इन्डोनेसिया माथि नेपालको कीर्तिमानी जित

१५ असार २०८२, आइतबार
१५ असार २०८२, आइतबार

 काठमाडौं ।

एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले ओपनिङ ब्याटर प्रसिद्ध जैसीको शतक र कप्तान बिपिन प्रसाद शर्माको ६ विकेटको उत्कृष्ट प्रदर्शनमा इन्डोनेसियामाथि ३७० रनको विशाल अन्तरले जीत निकालेको छ।

क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेटको क्षतिमा ४२० रन बनायो। यो नेपालले उमेर समूहदेखि सीनियर टोलीसम्म ५० ओभरको क्रिकेटमा बनाएको अहिलेसम्मकै सबैभन्दा ठूलो योगफल हो।

नेपालले दिएको ४२१ रनको विशाल लक्ष्य पछ्याउँदै इन्डोनेसियाली टोली २४.३ ओभरमा मात्र ५० रनमा समेटियो। बिपिन शर्माले ७.३ ओभरमा १२ रन खर्चिएर ६ विकेट लिँदै बलिङतर्फको कमान सम्हाले। शुभम खनाल र सुगम बुढाथोकीले १–१ विकेट लिए।

ब्याटिङमा ओपनर प्रसिद्ध जैसीले ११४ बलमा १५ चौका र १ छक्का सहित १३२ रनको शानदार पारी खेले। अर्का ओपनर परिमार्जन यादवले २८ बलमै ७१ रन बनाए, जसमा ४ चौका र ८ छक्का समावेश थिए। रौनक श्रीवास्तवले ७१ बलमा ८ चौका र २ छक्कासहित ८८ रन बनाए भने जोय थापाले ४१ बलमा ५७ रनको योगदान दिए।

पहिलो विकेटका लागि जैसी र यादवले १३० रनको साझेदारी गरे। दोस्रो विकेट १५१ रनमा खसेको थियो भने तेस्रो विकेटका लागि जैसी र रौनकबीच १४८ रनको महत्वपूर्ण साझेदारी बन्यो।

इन्डोनेसियाका बलरमध्ये केतुत दर्मा पुत्राले २ विकेट लिए भने काभिन नीरज, महेन्द्रा आजी र रेहान रिजाले समान रूपमा १–१ विकेट लिए।

समूह ‘ए’ मा नेपालले हालसम्म खेलेका तीनवटै खेल जित्दै ६ अंकसहित शीर्ष स्थानमा छ। पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले र दोस्रो खेलमा जापानलाई ९ विकेटले हराएको नेपालले अब अन्तिम लिग खेल भुटानसँग खेल्नेछ। समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?