ट्रेंडिंग:

>> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

आशा र अवसर : बुटवलको रोजगार मेला

१५ असार २०८२, आइतबार
१५ असार २०८२, आइतबार

बुटवल, १५ असार ।

पछिल्लो समय रोजगारी भन्ने बित्तिकै नेपाली युवाहरुको रोजाईमा विदेशी भूमी मात्र परिरहेको छ । यही कुरालाई मनन् गरेर कतिपय स्थानीय तहहरुले पछिल्लो समय युवालक्षित रोजगारमूलक कार्यक्रमहरु संचालन गरिरहेका छन् ।

यसैक्रममा ‘विदेश नै अन्तिम विकल्प होइन, अवसर देशमै पनि प्रशस्तै छन्’ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यका साथ बुटवल उपमहानगरपालिकाले युवाहरुलाई लक्षित गरी सीपमुलक तालिमहरु, रोजगारमुलक प्रशिक्षणहरु र आयमूलक कार्यक्रमहरु संचालन गरिरहेको छ । समानता, स्वाभिमान र अवसर ः बस्नयोग्य बुटवल शहर भन्ने नारालाई साकार पार्ने लक्षका साथ खासगरी युवा र गृहणी महिलाहरुलाई आफ्नै गाउँ टोलमा सीप उपलब्ध गराई आत्मनिर्भर र रोजगारीको अवसर दिलाउन ती कार्यक्रमहरु संचालन गरिएको हो ।

अहिले पनि बुटवलका विभिन्न वडा तथा टोल विकास संस्थाहरुमा जुत्ताचप्पल बनाउने, ब्याग झोला बनाउने, धुपबत्ती बनाउने, गुडिया बनाउने, गरगहना बनाउने, दुग्धपरिकार बनाउने, बारिष्टा तालिम लगायतका तालिमहरु संचालन भैरहेका छन् । यस्तै बिटिआई लगायतका प्राविधिक शिक्षा केन्द्रहरुमा ईलेक्ट्रिकल, मेकानिकल, प्लमबरिङ्ग लगायतका प्राविधिक तालिमहरुका साथै कम्यूटर हार्डवेयर र सफ्टवेयर समेतको तालिमहरु निरन्तर संचालन भैरहेको उपमहानगरले जनाएको छ ।

साथै ड्रोन अडियो भिडियोग्राफी, एसी फ्रिज रिपेरिङ्ग तथा मेन्टेनेन्स, ईलोक्ट्रोनिक्स, विभिन्न महिला उद्यमशिलता सम्बन्धी कार्यक्रमहरु, साबुन र सर्फ बनाउने तालिम, पञ्चेबाजा तालिम, मादल बजाउने तालिम, सीपमा आधारित स्वरोजगार प्रेरित कार्यक्रमहरु पनि संचालन भैरहेको श्रम तथा रोजगार प्रबद्र्धन शाखाले जनाएको छ । यसैक्रममा युवाहरुलाई उद्यमशिल बनाई स्वरोजगार र आत्मनिर्भर बनाउन सघाउनुका साथै देशकै समृद्धिको सपना साकार पार्ने उद्देश्यले बुटवलमा वृहत रोजगार मेला—२०८२ आयोजना गरिएको छ । काम खोज्नु भन्दा पहिले सीप सिक्ने र आत्मबिश्वासका साथ आत्मनिर्भरताको बाटो पहिल्याउने युवाहरुको उत्पादन गर्ने मेलाको मूल ध्येय र लक्ष रहेको छ ।

हातमा डिग्री र सीप बोकेर रोजगारीको अवसर खोजेका र रोजगारदाता कम्पनीका प्रतिनिधिहरुबिच सिधा सम्पर्क र प्रत्यक्ष सम्वाद गराई रोजगारीका श्रोतहरुको समेत पहिचान गराउने मेलाको अर्को उद्देश्य रहेको श्रम तथा रोजगार प्रवद्र्धन शाखा प्रमुख अरविन्द पाण्डेको भनाई छ । प्रमुख पाण्डे भन्छन्—‘बुटवल रोजगारी मेला—२०८२ ले श्रम बजारमा पारदर्शिता, पहुँच र सहभागितालाई प्राथमिकता दिँदै सामाजिक–आर्थिक रूपान्तरणतर्फ एक सार्थक प्रयास प्रस्तुत गरेको छ । यस्तो खालको पहलले अन्य नगरपालिका तथा स्थानीय तहहरूलाई पनि प्रेरणा दिने छ भन्ने आशा गरिएको छ ।’

पाण्डेका अनुसार मेलाले रोजगारीको खोजीमा रहेका युवाहरूमाझ नयाँ आशा र अवसरको किरण बोकेको छ । मेला मार्फत उपमहानगरपालिकाले श्रमिक र रोजगारदाता दुबै पक्षलाई एउटै मञ्चमा ल्याई रोजगारीको पहुँचलाई सरल र सुलभ बनाउने कार्यमा ऐतिहासिक कदम चालेको हो । ‘रोजगारी खोजिरहेका व्यक्तिहरूका लागि प्रमुख सेवाहरू प्रत्यक्ष अन्तरवार्ता दिने अवसर विभिन्न प्रतिष्ठित कम्पनीहरूसँग साक्षात्कारको सुवर्ण मौका रोजगारीका अवसरबारे जानकारी, बजारमा उपलब्ध विभिन्न रोजगारीको विवरण सहज रूपमा प्राप्त गर्न सकिने छ’ पाण्डेको भनाई छ । नगर क्षेत्रमा रहेका बेरोजगार जनशक्तिलाई सीपयुक्त रोजगारीमा जोड्नु र श्रम बजारलाई सन्तुलित बनाउनु मेला मार्फत रोजगारीका सम्भावनाहरू मात्र होइन, सीपमूलक तालिम, परामर्श सेवा, तथा सामाजिक उत्तरदायित्वको भावना समेत प्रवद्र्धन गर्ने गरिएको छ ।

मेलामा सीभी, बायोडाटा बनाउने तालिम तथा सल्लाह दक्ष र प्रभावकारी ढंगले कागजात तयार गर्ने तरिका सिक्ने अवसर, क्यारियर गाइडेन्स÷काउन्सिलिङ सेवा दक्ष मार्गदर्शन र करियर परामर्श, रोजगारीदातासँग अन्तत्र्रिmया गर्दै श्रम बजारको मागबारे जानकारी, माग र आपूर्तिबीचको समन्वय सहज बनाउने, योग्य तथा सक्षम कामदार भेट्ने अवसर, संस्थाभित्र स्वच्छ प्रतिस्पर्धा सृजना गर्ने मौका, आवश्यकता अनुसार योग्य श्रमिक चयन गर्न सक्ने पहुँच, संस्थाको प्रचार–प्रसार गर्ने प्लेटफर्म उपलव्ध हुने छ ।

स्थानीय सरकारको उदाहरणीय पहल पनि भएको बताउँदै बुटवलमा आयोजना गरिएको रोजगार मेला २०८२ केवल कार्यक्रम होइन, यो युवाको भविष्य बदल्ने अभियानको थालनी भएको नगर प्रमुख खेलराज पाण्डेले बताए । “युवालाई देशमै राखेर सीपमूलक, मर्यादित र आत्मसम्मानयुक्त रोजगार दिन सकिने उदाहरण पनि हो”–उनले भने । मेला यस वर्ष विशेष र प्रभावशाली बन्ने कुरामा आफुहरु ढुक्क रहेको पाण्डेको भनाई छ । ‘यो प्रयासले स्थानीय तहको योजनालाई व्यवहारिक बनाउने उदाहरण प्रस्तुत गर्ने छ’– उनले भने ।

काम खोज्ने युवाका लागि मेला कोशेढुंगा सावित हुने बताउँदै नगरप्रमुख पाण्डेले यो एउटा करियर गाइड, परामर्श केन्द्र र अवसरको मूल केन्द्र जस्तै बन्ने बताए । ‘यो रोजगार मेला बस्तु उत्पादक कम्पनी र सामाजिक संस्थाहरूका लागि पनि उत्तिकै उपयोगी बन्ने छ । उनीहरुले योग्य, इच्छुक र सीपयुक्त कामदार छान्ने अवसर मिल्ने छ”–नगरप्रमुख पाण्डेले भने ।

मेलामा सहभागी भएका धेरै युवाहरूले आफूले चाहेको कामको जानकारी मात्र पाउदैनन् त्यही दिनै साक्षात्कार दिएर रोजगारीको ढोका समेत खोल्न सके कतिपय युवा त त्यसै मेलाबाट रोजगारी छनोट प्रक्रियामा प्रवेश गर्न समेत पाउने छन् । “तपाईं पनि काम खोज्दै हुनुहुन्छ ? सीप विकास गर्न चाहनुहुन्छ ? रोजगारदाता हो र कर्मचारी चाहिएको छ ? बुटवल उपमहानगरपालिकाको श्रम तथा रोजगार शाखासँग सम्पर्क राख्नुहोस्”– बुटवल उपमहानगरपालिकाका सूचना अधिकृत तथा महाशाखा प्रमुख तुल्सा अर्यालले भनिन् ।

बुटवलमा हुने रोजगार मेला धेरै हदसम्म सकारात्मक प्रयास भएको बताउँदै उनले यसले सही योजना, प्रचार–प्रसार, र सक्षम कार्यान्वयनका आधारमा युवालाई सीपयुक्त र आत्मनिर्भर बनाउने अवसर दिने बताइन् ।

रोजगार मेला यही असार १८ गते बुटवलको दियालो फुडल्याण्ड, कालिकानगरमा आयोजना गरिदै छ । श्रम तथा रोजगार प्रवद्र्धन शाखाले समन्वय गरेको मेलामा युवालाई सीपयुक्त बनाउने, सही जानकारी दिने र रोजगारीमा जोड्ने उद्देश्य रहेको छ ।

४० वटा ठुला तथा प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहने उक्त मेलामा विभिन्न कलेजका विद्यार्थीहरु, श्रमिकहरु, गृहणी महिला देखि दक्ष कर्मचारीहरु पनि सहभागी हुनेछन् । मेलामा ३० ठुला कम्पनीहरु सिजी ग्रुप, महालक्ष्मी स्टिल, पञ्चकन्या, सिद्धार्थ तथा बुटवल हस्पिटालिटी, यशोधा फुडस्, होटल एशोसिएशन, पौवा होटल, जनता टे«ड आदिको सहभागिता रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?