ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

२२ औँ धान दिवस तथा रोपाइँ महोत्सव 

१५ असार २०८२, आइतबार
१५ असार २०८२, आइतबार

आज २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव । नेपाली किसानका लागि मानो रोपेर मुरी उब्जाउने दिनको रूपमा आजको दिनको विशेष महत्त्व रहेको छ । धान दिवसका अवसरमा सङ्घीय सरकार, प्रदेश तथा पालिकाहरूले देशका विभिन्न स्थानमा रोपाई महोत्सव गर्दै छन् । उता धान दिवसकै अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्री र नेताहरूले शुभकामना दिएका छन् । २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ का अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारले प्राथमिकता दिने बताएका छन् । जलवायु परिवर्तनका कारण धानलगायत बालीहरूमा परेको नकारात्मक असर न्यूनीकरण गरी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा रहेको छ ।

कृषि क्षेत्रको व्यवसायीकरण र विविधीकरणमार्फत मुलुकमा समृद्धि हासिल गर्न पछिल्लो समयमा कृषि क्षेत्रमा जलवायु परिवर्तन ठुलो चुनौतीको रूपमा देखिएको छ । जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गरेर उत्पादन वृद्धि गर्न र धान तथा चामलको आयात प्रतिस्थापन गर्नेतर्फ अबको पहल जरुरी छ । तर, दुर्भाग्य हाम्रो पुस्तासम्म आइपुग्दा नेपाल कृषिप्रधान देश भनेर चिनाउन अप्ठेरो लाग्ने अवस्था भइसकेको छ । कृषिमा दिन प्रतिदिन परनिर्भरता बढ्दै छ । कृषियोग्य जमिन मासिँदै र बाझिँदै छन् । मानिसहरू जति जति गाउँबाट सहरतिर बसाइँ सरेका छन्, त्यति त्यति कृषि उत्पादन पनि खुम्चिँदै गएको छ । कृषि बालीमध्ये मुख्य बालीका रूपमा रहेको धानका लागि नेपाल पकेट क्षेत्र हो तर दुर्भाग्य धानमा पनि परनिर्भर हुनुपर्ने अवस्था बढ्दै छ । नेपाल कृषि प्रधान देश हो तर विडम्बना नेपालमा अझै पनि कृषिलाई हेयको दृष्टिले हेर्ने परम्परा कायमै छ । त्यसका साथै अधिकांश किसान धान दिवसप्रति अझै पनि बेखबर छन् । अर्थात् वास्तविक किसानले धान दिवसको महत्त्व बुझ्नै पाएका छैनन् ।

अहिले पनि नेपालले वार्षिक ४० अर्बको चामल आयात गर्नु परिरहेको छ । यहाँका अधिकांश नागरिक अझै पनि कृषिमै आश्रित छन् तर कृषि प्रधान देश भैकनपनि किसानले सरकारबाट उचित राहत र संरक्षण पाउन सकेका छैनन् । वि. सं २०२० को दशकसम्म नेपाल दक्षिण एसियामा सबैभन्दा बढी धान उत्पादन गर्ने देश थियो तर ५०÷६० वर्षको अन्तरालमा नेपाल धान उत्पादनमा निकै कमजोर बनेको छ । यो गम्भीर चिन्ताको विषय हो । नेपाल सरकारको यो विषयमा समयमै ध्यान जाओस् । नेपाल सरकारले आगामी आर्थिक वर्षमा धानमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ । सोही अनुसार धान उत्पादनमा वृद्धि गर्न सरकारले अभियान चलाओस् । नेपालमा हाल ५७ मेट्रिक टन धान उत्पादन भइरहेको छ, आत्मनिर्भर हुनका लागि अझै तीन लाख मेट्रिक टन धानको अभाव रहेको छ । सरकारले आगामी आर्थिक वर्षमा त्यो तीन लाख मेट्रिक टन धान उत्पादन बढाउने प्रतिबद्धता गरोस् । नेपालमा अझै पनि उन्नत जातको धान लगाउने तथा चैत धानमा जोड दिने गरी कृषि रणनीति तयारी भएकै छैन ।

धानको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायीकरण गर्नेतर्फ पहल जरुरी छ । अधिकांश नेपालीहरूको आयआर्जनको माध्यम कृषि नै हो । तर विडम्बना हरेक दिवस जस्तै धान दिवस पनि औपचारिकतामै सीमित वनेको छ । अहिले रोपाई को माचो छ तर किसानले मलकै लागि अझै पनि सास्ती पाउनु परेको छ । उन्नत धानको बीउ नभएकै कारण उत्पादनमा भारी कटौती भइरहेको छ तर सरकारको ध्यान यी विषयमा केन्द्रित हुन सकेको छैन । धान दिवस मनाएर अनि दही चिउरा खाएर मात्रै नेपालमा धान उत्पादन बढ्न सक्दैन भन्ने कुरा हेक्का होस् । सरकारले अव देशलाई धानमा आत्मनिर्भर बनाउने हो भने किसानलाई राहतदेखि कृषि यन्त्र, बीउ, मल सवैमा प्रोत्साहनको नीति ल्याओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?