© २०२३
मेड्रिड (स्पेन) ।
विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको राजधानी मेड्रिड आइपुगेका छन्।
मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज अन्तरराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न स्पेनका लागि नेपाली राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र स्पेनको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल शनिबार राति काठमाडौँबाट कतारको दोहा हुँदै मेड्रिड पुगेको हो। सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आज साँझ सम्मेलनस्थल सेभिल्ला प्रस्थान गर्ने कार्यक्रम रहेको छ।