© २०२३
काठमाडौं ।
अब विद्यालय तहमा शिक्षक बन्नका लागि शिक्षक सेवा आयोगले लिने लाइसेन्स अनिवार्य गरिएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले यस्तो निर्णय गर्दै, शिक्षा संकाय बाहेक अन्य संकायका विद्यार्थीहरूले पनि शिक्षक बन्न सक्ने बाटो खुला गरेको छ।
यस सहमतिसँगै अब अन्य विषयमा अध्ययन गरेका व्यक्तिहरूले पनि शिक्षक बन्नका लागि लाइसेन्स परीक्षा दिन सक्नेछन्। तर शिक्षक बन्न चाहने जो-कोहीले अनिवार्य रूपमा शिक्षक सेवा आयोगको परीक्षा पास गर्नुपर्नेछ।
यस्तै, शिक्षकहरूले अब प्रत्येक पाँच वर्षमा, वा पाठ्यक्रममा परिवर्तन आएको अवस्थामा, सरकारले तोकेको पुनर्ताजगी तालिम लिनुपर्नेछ। उक्त तालिमपछि मात्र शिक्षकको अध्यावधि (renewal) हुने व्यवस्था समितिले पारित गरेको छ। यस निर्णयले शिक्षण पेशालाई थप व्यवस्थित र गुणस्तरीय बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।