ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

 एन प्याब्सन कपिलवस्तुमा पुनः घिमिरे   

१५ असार २०८२, आइतबार
१५ असार २०८२, आइतबार

कपिलवस्तु, १५ असार  । 

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कपिलवस्तुको अध्यक्षमा पुनः युवराज घिमिरे निर्विरोध निर्वाचित भएका छन् । बुद्धभुमी नगरपालिकाको गोरुसिंङ्गेमा सम्पन्न एन प्याब्सन कपिलवस्तुको १४ औँ वार्षिक साधारण सभा तथा ७ औँ जिल्ला अधिवेशनले पुनः घिमिरेको नेतृत्वमा १३ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित गरेको हो । ४४ विद्यालय सङ्गठित रहेको नेशनल प्याप्बसन कपिलवस्तुको उपाध्यक्षमा रामनेवास गुप्त, सचिवमा कपिल घिमिरे र कोषाध्यक्ष पदमा पनि परमात्मा चौधरी नै निर्विरोध भै दोहोरिएका छन् । कार्य समितिको सदस्य पदमा अशोक कुमार गुप्त, खजान्ची गुप्ता, बालगोबिन्द चौधरी, राजेन्द्र प्रसाद धवल, गणेश कुमार श्रीवास्तव, गया प्रसाद बरई, प्रदिप थारु, परशुराम चौधरी र अशीष कुमार अग्रहरी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक चतुर्भुज उपाध्यायले जानकारी दिए ।

यस अघि एन प्याब्सन कपिलवस्तुको साधारण सभा तथा अधिवेशनमा बोल्दै एन प्याब्सन केन्द्रीय उपाध्यक्ष सुबोध डाँगीले शिक्षा विधेयकका कारण निजी विद्यालय बन्द हुने वा अंकुश लगाउछन कि भन्ने अवस्था नआउने दावी गरें । राज्यको शैक्षिक योजना पुरा गर्न तथा दक्ष जनशक्ति उत्पादन गर्न निजी र प्राईबेट विद्यालयको भुमिका महत्वपुर्ण रहेकोले ऐनले निजी बिद्यालय बन्द गर्ने बिषय कल्पना गर्नै नपर्ने उनको भनाई थियो । शिक्षा विधेयकका लागी एन प्याब्सनले बिषयगत सरोकारवाला सँग संवाद गर्दै आएको उनले जानकारी दिए । एन प्याब्सन सजिलै सामाजिक सुरक्षा कोषमा जान तयार नरहेको जनाउ दिदै उनले निजी विद्यालयले राज्यको लगानी बिना व्यक्तिगत लगानीमा राज्यलाई ठुलो योगदान दिएको अवस्थामा सामाजिक सुरक्षा कोषमा आबद्ध हुने अवस्था नरहेको उनको स्पष्टोक्ति थियो ।

त्यसै गरि एन प्याब्सन केन्द्रीय उप महासचिव कृष्ण पौडेलले राज्यले निजी लगानीका संस्थागत विद्यालयलाई जबरजस्तीमा गुठीमा लैजान खोजे देशभरबाट विरोधमा उत्रिनु पर्ने बताए । निजी विद्यालयका कारण प्राप्त हुने शैक्षिक उपलब्धिलाई जोडेर राज्यले नै दातृ निकायबाट विभिन्न सहयोग जुटाए पनि ती सहयोग उपभोगमा भने वञ्चित गर्दै आएको बताए । राज्यको निःशुल्क शिक्षाको नाराले शैक्षिक उपलब्धि कमजोर बनाउँदै लगेको जनाउँदै एसइई को नतिजामा सामुदायिक र संस्थागत विद्यालयको उपलब्धिको तथ्याङ्क छुट्टा छुट्टै तयार गर्न लाग्नु पर्ने बताए । निजी विद्यालयले शिक्षालाई सेवामूलक व्यवसायको रूपमा अगालेर गुणस्तरीय र दक्ष जनशक्ति उत्पादन गर्दै आएको पौडेलले दावी गरे । निजी विद्यालयहरु पछिल्लो समय चौतर्फी चेपुवामा परेको एन प्याब्सनका केन्द्रीय सचिव प्रकाश गैरेको भनाई थियो ।

तिनै तहका सरकारले निजी विद्यालयलाई चेपुवामा पार्ने गरि निती बनाउँदै आएकाले सो बिषयमा सबै निजी विद्यालय चनाखो रहनु पर्नेमा जोड् दिए । आगामी शिक्षा नितीमा संस्थगागत विद्यालयको पुजी सुरक्षित गर्ने व्यवस्थाको बिषयमा सबैले कार्य गर्नु पर्नेमा एन प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष डिल्लीराज काफ्लेले जोड दिए । अग्रेजी माध्यमको शिक्षा दिने भनिएका सरकारी बोर्डिगंले निजी बिद्यालय भन्दा बढि शुल्क लिदै आएकोमा र अन्य विद्यालयका उत्कृष्ट बिद्यार्थीलाई तानेर आफुहरुले उत्कृष्ट नतिजा दिएको भन्दै आएको उनले आरोप लगाए । निःशुल्क शिक्षाको नाममा राज्यले शिक्षाको स्तर कमजोर बनाए पनि निजी बिद्यालयले दिने गुणस्तरीय शिक्षाका कारण निजी विद्यालय प्रति अभिभावकको बिश्वास कायमै रहेको एन प्याब्सन जिल्ला अध्यक्ष युवराज घिमिरेले दावी गरें ।

सो अवसरमा बोल्ने अधिकांस वक्ताले निजी विद्यालयलाई महँगो भएको भनेर बदनाम गर्ने प्रयास गरिँदै आएको अवस्थामा गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादनमा भुमिका खेलेकै कारण निजी विद्यालयको अस्तित्व बचेको, कतिपय स्थानीय तहले निःशुल्क शिक्षाका नाममा कतिपय जनप्रतिनिधि, शिक्षक र कर्मचारीका सन्तानलाई सामुदायिक विद्यालयमा पढनै पर्छ भन्ने बाध्यता सिर्जना गर्नु मानव अधिकारको हनन भएको वक्ताहरुको भनाई थियो । कार्यक्रममा एन प्याब्सन लुम्बिनी प्रदेश कोषाध्यक्ष अजय त्रिपाठी, पुर्व केन्द्रीय सदस्य मनोज कुमार श्रीवास्तव, जिल्ला सल्लाहकार चतुर्भुज उपाध्याय, पत्रकार महासङ्घ जिल्ला उपाध्यक्ष खग प्रसाद चापागाईँ, स्टेश्नरी व्यवसायी संघका जिल्ला अध्यक्ष अर्जुन चापागाईँ, एन प्याब्सन जिल्ला सचिव कपिल घिमिरे, उपाध्यक्ष रामनेवास गुप्त लगायतले निजी बिद्यालयले शसक्तिकरणका साथै गुणस्तरीय शिक्षा प्रदान र तिनै तहका सरकारको सामाजिक बिकासका कार्यक्रम निजी बिद्यालयमा केन्द्रित गराउन भुमिका खेल्नु पर्ने सुझाव दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?