ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

बाख्रा पाल्न खोर निर्माणमा सहयोग

१५ असार २०८२, आइतबार
१५ असार २०८२, आइतबार

बर्दिया, १५ असार ।

बार बर्दिया नगरपालिकाले बाख्रा पालन गर्ने महिलाहरू पहिचान गरी खोर निर्माणमा सहयोग गरेको छ । जङ्गल क्षेत्रमा पर्ने बस्तीमा मानव–वन्यजन्तु द्वन्द्व घटाउन बधुवा बाख्रा पालनलाई प्रोत्साहन गरेको हो । नगरपालिकाले बस्तीमा तार जाली र बाख्राको सुरक्षित खोर निर्माण गरेको बताएको छ । नगरपालिकाको ११ ओटै वडाका उद्यमी महिलाहरूलाई पालिकाबाट ७० प्रतिशत र ३० प्रतिशत अन्य सङ्घ संस्थाहरूको आर्थिक सहयोगमा बाख्राको खोर निर्माण गराएको छ । त्यसका लागि उद्यमी महिलाहरूलाई जनही पन्ध्र हजार रूपैँया आर्थिक सहयोग गरेको छ ।

महिलाहरूलाई अत्मानिर्भर बनाउनका लागि खोर निर्माणमा सहयोग गरेको बार बर्दिया नगरपालिकाका उपप्रमुख रत्न कुमारी पाण्डेले जानकारी गराइन । अधिकांश पुरुषहरू कामको सिलसिलामा बहिरा बस्ने परिवारलाई समयमा पैसा पठाउन नसकेपछि घर चलाउन गाह्रो हुने भएकोले त्यसैलाई मध्यनजर गरी महिलाहरूलाई पालिकाबाट आर्थिक सहयोग गरिएको हो । उनले भनिन, केही नभएपछि महिलाहरूले कृषि पेसामा संलग्न भएपछि बार बर्दिया नगरपालिकाको धेरै परिवारको आर्थिक स्तरमा वृद्धि भएको अनुमानमा आएको छ ।

पालिकाले किसानहरूको सहजताको लागि पालिकामै शितभण्डार निर्माण गर्न लागेको छ । त्यति मात्र नभएर कृषि उत्पादन सङ्कलन गर्नका लागि अटो समेत सञ्चालनमा आएको छ जसले गर्दा किसानहरूले उत्पादन गरेको खाद्यान्न सजिलै बजारी करण गर्न सकेको छन् । आर्थिक वर्ष २०८२/०८३ मा यो भन्दा प्रभावकारी र छुटेका महिलाहरूलाई समेतेर कार्यक्रल्याने उपाध्यक्ष पाण्डेले जानकारी गराइन । पहिला पनि किसानहरूले कृषि गरिरहेको थिए तर व्यवसायी रूपमा लागेका थिएनन् । किसानहरूले खोर निर्माण विनै बाख्रा पालन गरेको बेला बाघ लगायत जङ्गली जनावरले मार्ने र खाने गरिरहेका थिए तर खोर निर्माण भएपछि सुरक्षितका साथ बाख्राहरू बस्न पाइरहेका छन् ।

किस्नी थारुले भनिन, –“पहिला खोरबाटै बाघले बाख्रा तानेर लैजान्थ्यो, अहिले सुरक्षित खोर बनाएपछि डरत्रास हटेको छ ।” “हामीलाई पशुपन्छी र खेतीबाली वन्यजन्तुबाट जोगाउन मुस्किल हुने गरेको थियो, सुरक्षित खोर निर्माणले धेरै राहत भएको छ ।” बेलवाबज्जा गाउँमै चितुवा आएर भेडा बाख्रा खान थालेपछि भेडा बाख्रा पाल्न छाडेको किसानले पनि अहिले सुरक्षित खोर निर्माण भएपछि फेरि बाख्रा पालन सुरु गरेको छन् । उनले सुरक्षित खोरमा बाख्रा र भेडा पाल्न थालेपछि वन्यजन्तु बाट घाइते हुने तथा मर्ने चिन्ता हटेको जानकारी गराइन । पहिला बाख्रा पालन गर्दा जङ्गली जनावर खाइदिने र मारिदिने गरेका थिए जसले गर्दा वर्ष भरिको मेहनत खेरा जानेको थियो तर केही वर्ष देखि बाख्रा मात्र बिक्री गरेर घर खर्च लगायत छोराछोरीको पढाइमा समेत सहजता भएको छ ।

किस्नी जस्तै माया रानी थारुले पहिला सुरक्षित खोर विना बाख्रा पालन गरिरहेका थिए तर सुरक्षित खोर नहुँदा वर्षभरि पालन गरेको बाख्रालाई जङ्गली जनावरले खाइदिने गरेका थिए तर पालिकाको आर्थिक सहयोगबाट सुरक्षित खोर निर्माण भएपछि बर्सभरिको खर्च बाख्रा पालनबाटै भइरहेको जानकारी गराइन । पहिला श्रीमानले मात्र काम गर्दा घर चलाउन निकै गाह्रो भएको थियो तर पालिकाको आर्थिक सहयोगमा सुरक्षित खोर निर्माण भएपछि हरेक वर्ष बाख्रा बिक्री गरेर घर खर्च मैले आफै चलाई रहेको छु । उनले भनिन,–‘हामी पुस्तौँ देखि कृषि पेसा गर्दै आइरहेका छौ तर व्यवसायी नभएर पुरानै परम्परा अनुसार गरिरहेका थियौँ जसबाट राम्रो आम्दानी गर्न सकेका थिएनौ । व्यावसायिक कृषि पेसा गर्न थालेपछि अझै थप बाख्रा पालन गर्न मन लागेको जानकारी गराइन ।’’

पालिकाका करिब ९५ प्रतिशत मानिसहरू कृषि पेसामा अबद्ध रहेका छन् । तर पुरानै शैलीमा कृषि गर्दा मेहनत अनुसार आम्दानी गर्न सकेको थिएनन् । पालिकाले कृषि उद्यम गरेर परिवारको आर्थिक स्तर उकास्न आफ्नो पालिकाका किसानहरूलाई आर्थिक तथा मेसेनारी सहयोग गर्दै आएको छ । पालिकाले बढी भन्दा बढी कृषिमै लगानी गरेर पालिका बासीहरूलाई अत्मानिर्भर बनाउने प्रयासमा देखिन्छ । गत वर्ष मात्र ४ करोड बढी कृषिमा लगानी गरेको थियो भने यो वर्ष भने अझै थप बढी रकम कृषिमा लगानी गर्ने योजनामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?