ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

आकर्षण थप्दै वनबाटिकाको बाल उद्यान

१५ असार २०८२, आइतबार
१५ असार २०८२, आइतबार

बुटवल ।

फुर्सतको समयमा कहाँ घुम्न जाने ? शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र वनबाटिका धेरैको रोजाई बन्छ । २० वर्ष अघि सम्म काँडे झाडी र खुला शौच गर्ने स्थान रहेको वन क्षेत्र अहिले पर्यटकीय स्थल भएको छ । वनबाटिकामा बालबालिकादेखि युवा र पाका पुस्ता सम्म घुम्न र रमाउन आउने गर्दछन् । स्थानीय र प्रदेश सरकार र संघ सरकारको लगानीका कारण अहिले रुपन्देहीको वनबाटिका प्रमुख पर्यटकीय गन्तव्य मध्ये एउटा आकर्षक थलो भएको छ । यो आकर्षक ठाउँ हेर्न बार्षिक ४ लाख भन्दा बढी पर्यटक आउने गरेका छन् । बाल उद्यान पार्कमा बालबालिकाहरुलाई छुट्टै क्षेत्र बनाइएको छ जहाँ आधुनिक डिजाइनका खेलहरु पिङ, बुलबुला, भुलभुलैया, बालरेल, साना ट्राम्पोलिन, प्याले स्टेशन ठुलो, प्याले स्टेशन सानो, चिप्लेटी, साइकल तुलाझुला, घुम्ने पिङ, एयरबाउन्सर जस्ता विभिन्न खेलहरु राखेर रमाउन सक्ने व्यवस्था गरिएको छ ।

    करोडौको लगानीमा निर्माण भैइरहेको बाल उद्यानमा संरचनाहरु थप गर्न व्यवस्थापन कार्य गरिएको छ । प्रदेश सरकारको १० लाखको लगानीमा निर्माण भएको बालउद्यान् खेल सामगी्र यहाँ छन् । उद्यानपार्कमा ४ वटा १.४ टनका एसी जडान गरिएको छ भने खेल मैदानमा १८४ मिटरको दुबो कार्पेट, बिच्छ्याइएको छ । विभिन्न किसिमका बत्तीहरु जोडान भएका छन् । बालउद्यान्का धेरै संरचनाका सामगी्र थप गरी काम सम्पन्न गरेको बताउँछन् शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष खिमलाल पाण्डे । पाण्डेले दौनिक दुई सय र बिदाको समयमा पाँचसय भन्दा बढी आन्तरिक पर्यटक आउने यस ठाउँमा बच्चाहरु खेल्न २०० जना बालबालिकाहरु अटाउने भवनको निर्माण भएको छ । पर्यटकलाई बस्न र हेर्नको लागि उचित व्यवस्थापन गरिएको छ । उद्यानको वरीपरी दुर्गाको आकृतिहरु निर्माण गरिएको छ । उद्यान्मा आउने बालबालिकाहरु १ वर्ष देखि ७ बर्ष सम्मकालाई अनुमति दिने गरिएको छ । बाल उद्यानमा टिकटको मूल्य रु ५० रुपैयाँ र आन्तरिक पर्यटक प्रवेश शुल्क पनि रु ५० र रेल बाल टिकट पनि रु ५० रुपियाँ रहेको पाण्डे बताउँछन् । उनका अनुसार यस उद्यान क्षेत्रका लागि रोटरी क्लब बुटवलले विज्ञान प्रयोगशालाको व्यवस्थापन गरेको छ भने चायल्ड डेभलपमेन्ट सेन्टरले पनि रेल र चिप्लेटी राखेर सहयोग गरी आकर्षणको केन्द्र बनाएको छ ।

२०६२ सालमा बाबुराम अर्यालको नेतृत्वमा स्थापना भएको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले २० वर्षको अन्तराल सम्म अझै सोचे जति विकास हुन नसकिरहेको उनले बताए । उनका अनुसार बालउद्यानहरु मनोरञ्जनका साथै पर्यटकको आकर्षणको महत्वपूर्ण आधार रहेको छ । सुन्दर प्रकृतिसँगै विकास निर्माणलाई अगाडि बढाउन स्थानीय पालिकाले आर्थिक लगानीमा सहजीकरणको व्यवस्थापन गरिदिनुपर्र्ने पाण्डेले बताए । बाल उद्यान् पार्कसँगै बिभिन्न पार्कहरुको हेरविचार गर्न ३३ जना कर्मचारीलाई रोजगार दिएको उनले बताए लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा १० लाख रकम छुट्टयाएको थियो । त्यही रकमबाट बालउद्यानको संरचना उद्यान पार्कको निर्माण गरिएको उनले बताए । अवको दिनमा थप विकाश र विस्तार गरी उत्कृष्ट पार्क निर्माण गर्ने, सन्ध्याकालीन पार्क निर्माण गर्ने, संस्थाका आजिवन सदस्य तथा परिकल्पनाकार बाबुराम अर्यालको स्मृतिमा करिव १२ करोडको बराबरको जलाशय सहितको पार्क निर्माण प्रकृया अगाडि बढाउने उनले बताए ।

शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष मिनप्रसाद देवकोटाले भने बालउद्यानमा आउने आन्तरिक तथा बाह्य पर्यटक बालबालिकाहरुका लागि रमाउने ठाउँको व्यवस्थापन मिलाएका बताए । “यहाँ बालबालिकादेखि युवा, ज्येष्ठ नागरिकहरुसँगै परिवारको मज्जा लिन पाउने भएका हुँदा पर्यटकको आकर्षणको थलो भएको छ”–उनले भने ।

अन्य पार्कहरुमा भन्दा वनबाटिका विहारको सुन्दर बिशेषता रहेको छ । विभिन्न प्रजातिका जनावर राखिएका छन् । यिनीहरुलाई अवलोकन गर्न आन्तरिक र बाह्य पर्यटक आउने गर्दछन् । जनावरको लागि बार्षिक रुपमा खानामा २० लाख बराबरको खर्च हुने गरेको पाइएको छ । अझै जनावरको बस्ने बास स्थान खुल्लारुपमा निर्माण गर्न व्यवस्थापन खर्च बढी लाग्ने हुदाँ संरचना निर्माणमा ढिलाई भएको देवकोटाको भनाई छ ।

वनविहारभित्र भ्युटावर निर्माण भैसकेको छ भने स्वीमिङ पुल सिनेमा हल लगायत अझ थप संरचना निर्माणका योजना बनाउन आन्तरिक सो्रत प्रयाप्त नभएको केन्द्रका सचिव बिदुर कार्की बताउँछन् ।

रुपन्देहीको शंकरनगर बाल उद्यानपार्कलाई विकास गरी प्रर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनुको सार्थै आय आर्जनमा वृद्धि र रोजगारीका अवसर सृजना गर्न आर्थिक वर्ष २०८२÷८३ मा पनि लुम्बिनी प्रदेश सरकारले २० लाख बजेट विनीयोजन गरेको पूर्वमन्त्री भगवती अधिकारी घिमिरे बताउँछिन् ।

उनले बालबालिकालाई खेलमा प्रथामिकता दिनका लागि आप्फ्नो पहलमा थप १० लाख बजेट बाल उद्यान्का लागि र जनावरहरु बस्ने चिडिया घर निर्माण गर्न १० लाख गरी जम्मा २० लाख बजेट लुम्बनी प्रदेश मन्त्रालयबाट विनीयोजित हुने बताइन् ।

तिलोत्तमा २ की निता श्रेष्ठलाई बाल उद्यान पार्कमा खेल्न साह्रै मन पर्छ । तर त्यसका लागि मेला महोत्सव नै कुर्नुपर्ने बाध्यता थियो । अहिले भने त्यो बाध्यता अन्त्य भएको छ । रुपन्देहीको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र वन बाटिकामा स्थनीय र प्रदेश सरकारको लगानीमा निर्माण भएको बालउद्यानले वनबाटिका घुम्न आउने बालबालिकाहरुको इच्छाा पुरा भएको छ ।

तिलोत्तमा १ मा बस्ने निरुता शाहीका तीन जना बालबच्चा छन् । बिदाको समय होस् वा अन्य समयमा बाल उद्यानपार्कका उनी सधै बच्चाहरुलाई वनवाटिका पुर्याउँछिन् । रमाइलोसँगै प्रकृतिक ज्ञान र स्वास्थ्यको दृष्टिले पनि लाभदायी रहेको उनी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?