ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

सीएनआईवाईएफ लुम्बिनीद्वारा ‘इण्डस्ट्री भिजिट’ कार्यक्रम सम्पन्न

१४ असार २०८२, शनिबार
१४ असार २०८२, शनिबार

बुटवल ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीले रुपन्देही र नवलपरासीका उद्योगहरूको अध्ययन अवलोकन भ्रमण गरेको छ । मञ्चले उद्योग सञ्चालनका प्रक्रिया, व्यवस्थापन शैली तथा व्यावसायिक चुनौतीहरूको पहिचान गर्ने उद्देश्यसाथ शुक्रबार अध्ययन भ्रमण कार्यक्रम सम्पन्न गरेको हो ।

मञ्चका उद्योग अध्ययन अवलोकन भ्रमणका संयोजन सुरज उप्रतीले गरेका थिए भने मञ्चका अध्यक्ष राजन कसजुको नेतृत्वमा ३० बढी युवा उद्यमीहरूको सहभागिता रहेको थियो । टोलीले तिलोत्तमा नगरपालिका-१७, गंगोलियामा रहेको ‘केपीआई हेल्मेट’ उद्योग र नवलपरासीको रामग्राम नगरपालिकामा रहेको ‘एसियन कंक्रिटो’ उद्योगको भ्रमण गरेको थियो ।

भ्रमणका क्रममा ‘केपिआई हेल्मेट’का निर्देशक सीमा बस्याल पाण्डेयले उत्पादनको प्रक्रिया, उद्योग सञ्चालनका पद्धती र यहाँ देखिएका व्यावसायिक समस्याहरूबारे सहभागीहरूलाई विस्तृत जानकारी दिइन् । २०७३ सालमा सञ्चालनमा आएको केपीआई हेल्मेट नेपालमै उच्च गुणस्तरको सुरक्षात्मक हेल्मेट उत्पादन गर्ने अग्रणी उद्योगहरूमध्ये एक रहेको उनले दाबी समेत गरिन् । सो उद्योगले आयात प्रतिस्थापन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्दै आएको उनले बताइन् ।

नेपाली बजारका लागि मात्रै होइन, भविष्यमा निर्यात पनि गर्ने योजना रहेको जानकारी दिइन् । कोहिनुर नेपालमै हेल्मेट उत्पादन गर्ने पहिलो कम्पनी हो । त्यस्तै, एसियन कंक्रिटोका भाइस प्रेसिडेण्ट श्यामलाल झाले आफ्नो उद्योगको अवस्था, उत्पादन र विस्तार योजनाबारे सहभागीहरूलाई जानकारी गराए ।

निर्माण सामग्री क्षेत्रमा उल्लेखनीय स्थान बनाएको एसियन कंक्रिटोले हाल नेपालका विभिन्न ठूला निर्माण परियोजनामा योगदान दिइरहेको उनले बताए । साथै, छिमेकी मुलुक भारतको उत्तर प्रदेश र बिहार राज्यमा पनि यसको माग तीव्र गतिमा बढ्दै गएको जानकारी गराए । उद्योगले गुणस्तरीय प्रोडक्ट, समयमै आपूर्ति र प्रतिस्पर्धी मूल्य नीति अवलम्बन गर्दै आएको उनको दाबी छ ।

मञ्चका अध्यक्ष राजन कसजुले भ्रमणलाई अत्यन्तै जानकारीमूलक र प्रेरणादायी रहेको प्रतिक्रिया दिए । उनले भने, “स्थानीय उद्योगको काम गर्ने शैली, उत्पादन प्रक्रिया र चुनौतीहरूको प्रत्यक्ष अनुभवले दीर्घकालीन साझेदारी, व्यवसायिक सिकाइ र नयाँ बजार विस्तारका अवसरहरू सिर्जना गर्न मद्दत गर्नेछ ।” उद्योग अवलोकन भ्रमण कार्यक्रमले युवा उद्यमीहरूलाई नेपाली उत्पादन प्रणालीबारे बुझ्ने, उद्योगसँग प्रत्यक्ष संवाद गर्ने र नविन सोचको विकासमा मद्दत पुर्याउने विश्वास गरिएको बताए । मञ्चले आगामी दिनमा यस्ता थप भ्रमण कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?