ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

चार खानेपानी योजनाबाट पानी आउने तरखर

१४ असार २०८२, शनिबार
१४ असार २०८२, शनिबार

सल्यान, १४ असार ।

सल्यानको छत्रेश्वरी गाउँपालिकामा चालु आर्थिक वर्षमा एक करोड ६१ लाख ३१ हजार बढी लागतमा चारवटा खानेपानी योजनाहरू निर्माणको अन्तिम चरणमा पुगेका छन् । यी योजनामार्फत करिब २७३ धारा निर्माण हुने गाउँपालिकाले जनाएको छ ।  सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रमसँगको साझेदारी एवं गाउँपालिकाको आफ्नै श्रोतबाट समेत पालिकाभरी विभिन्न खानेपानी योजनाहरू सञ्चालन सँगै सरसफाइका क्रियाकलाप सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले जानकारी दिए ।

सुस्वा कार्यक्रम अन्तर्गत बिउरे खोला दारिम जिउला खानेपानी योजना अन्तर्गत कुल ८१ वटा धारा निर्माण गरिनेछ । उक्त योजनाको लागत ३३ लाख १५ हजार १२५ रुपियाँ रहेको छ । यस्तै ढोरेलाचौरमा लिफ्ट खानेपानी योजना अन्तर्गत दुई वटा नयाँ धारा निर्माण गरिनुका साथै १०४ वटा पुराना धाराको मर्मत सम्भार गरिनेछ । यसका लागि ७० लाख ४३ हजार १८० रुपियाँ लागत अनुमान गरिएको छ ।

उहाँका अनुसार ३८ वटा धारा निर्माण हुने जलुकेखोली पानीखोला खानेपानी योजनामा २३ लाख एक हजार २७६ रुपियाँ लागत रहेको छ भने तामा धारा खानेपानी योजनाको लागत ३४ लाख ७१ हजार ७०९ रुपियाँको लागत रहेको छ । यस योजना अन्तर्गत ४८ वटा धारा निर्माण गरिने रहेको वास इकाईका प्राविधिक सहजकर्ता गम्भीरजंग चन्दले जानकारी दिए ।
यसैबिच ग्रामीण भेगमा खानेपानी योजनाहरूको दीर्घकालीन सञ्चालन र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेका बेला स्थायी समाधानका लागि सल्यानमा समुदाय स्तरका मर्मतसम्भारकर्तालाई तालिम प्रदान गरिएको छ । छत्रेश्वरी गाउँपालिकाले स्थानीय स्तरमै खानेपानी प्रणालीको मर्मत सम्भार तथा व्यवस्थापन गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य सहित तालिम सञ्चालन गरेको हो ।

गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले खानेपानीको मर्मत सम्भारमा समुदाय आफैँ सक्षम हुनुपर्नेमा जोड दिएका छन् । उहाँले भने, “स्थानीय जनशक्तिले आफ्नै योजना मर्मत गर्न सकेमा मात्र योजना टिकाउ हुन्छ । नयाँ खानेपानी योजना निर्माण सँगै मर्मत गर्न सक्ने जनशक्ति उत्पादन गर्ने हाम्रो उद्देश्य हो ।” खानेपानी योजना बिग्रँदा तत्काल मर्मत गर्न नसक्दा धेरै दिनसम्म खानेपानीको अभाव खेप्नुपर्ने अवस्था आउनुभएकाले यस्तो समस्यालाई न्यूनीकरण गर्न तालिम सञ्चालन गरिएको हो ।

छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले मर्मतसम्भारकर्ताहरूको दक्षताले समुदायमा खानेपानीको पहुँच सुनिश्चित हुने र रोजगारी समेत पाउन सकिने बताइन् । प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले गत वर्ष पनि सञ्चालन भएका योजनाहरूमा मर्मत सम्भारसम्बन्धी तालिम दिइएको भन्दै गाउँपालिकाले खानेपानी, सरसफाइका क्षेत्रमा विभिन्न साझेदार निकायसँगको सहकार्यमा प्राथमिकतासाथ काम गरिरहेको बताए ।

मर्मतसम्भारकर्ताहरूलाई छत्रेश्वरी, ६ मा सञ्चालन भइरहेको जलुकेखोली पानीखोला खानेपानी योजना स्थलमै तालिम प्रदान गरिएको थियो । प्रशिक्षक ओम प्रकाश जिसीले खानेपानी योजनामा बनाइने रिजर्भ ट्यांकी, फिल्टर युनिट, वितरण पाइपलाइन जस्ता संरचनाको निर्माण एवं मुहान संरक्षण तथा कुन ठाउँमा कुन सामग्री प्रयोग गर्ने भन्ने व्यावहारिक तथा सैद्धान्तिक पक्षमा तालिम दिइएको बताए ।

तालिममा सहभागी धन बहादुर बस्नेत र चेतना विकले तालिमबाट विभिन्न उपकरणहरूको नाम, प्रयोग विधि, नियमित मर्मतका उपाय, आपत्कालीन अवस्थामा मर्मतको प्राथमिकता निर्धारण जस्ता महत्वपूर्ण विषयमा जानकारी पाइएको प्रतिक्रिया दिएका थिए । खानेपानी योजनासंगै छत्रेश्वरीका टोल टोल र बस्ती बस्तीहरूमा सरसफाइ तथा स्वच्छताका विभिन्न क्रियाकलापहरू सञ्चालन भइरहेको गाउँपालिकाको वास इकाई ले जनाएको छ ।

सुस्वा कार्यक्रम मार्फत छत्रेश्वरी गाउँपालिकाले महिला तथा किशोरीहरूलाई घरमै स्यानिटरी प्याड निर्माण गर्ने सीपमूलक तालिम र जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणका लागि समेत अभिमुखीकरण गरिएको वास संयोजक निमराज केसीले जानकारी दिए । उनका अनुसार वास क्षेत्रमा सूचनाको अभिलेखीकरण र संस्थागत सुदृढीकरणका लागि १६ वटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूलाई जलस्रोत समितिमा दर्ता गरिएको छ  भने पालिकाभर रहेका ३५ वटा खानेपानी योजनाको पोष्टमाटम (समीक्षा) कार्य पनि सम्पन्न गरिएको छ । ८ वटा योजनामा क्षमता विकास सम्बन्धी र ६ वटा योजनामा खानेपानी सुरक्षा योजना सम्बन्धी तालिम सम्पन्न भएको केसीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?