ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

१० किमि खुल्ला रोड रेस प्रतियोगितामा आर्मीका श्रेष्ठ र सार्की प्रथम 

१४ असार २०८२, शनिबार
१४ असार २०८२, शनिबार
दाङ, १४ असार ।
दाङको घोराहीमा पहिलो पटक आयाेजित १० किलोमीटर खुल्ला रोड रेस प्रतियोगितामा पुरुष/ महिला दुवैतर्फ विभागीय टाेली त्रिभुवन आर्मी क्लबका खेलाडी  प्रथम भएका छन् ।
प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा  शनिबार बिहान घोराहीमा भएको  ‘लुम्बिनी राष्ट्रिय खुल्ला पुरुष/महिला १० किलोमीटर रोड रेस प्रतियोगिता’ अन्तरगत पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठ र महिलातर्फ आर्मीकै निशा सार्की प्रथम  भइन  । श्रेष्ठले उक्त दुरी ३१ मिनेट ३० सेकेन्डमा र सार्कीले ३७ मिनेट ४० सेकन्डमा पार गरे । यस्तै, पुरुषतर्फ आर्मीकै नरेन्द्र रावतले ३१ मिनेट ३९ सेकेन्डमा दुरी पार गर्दै दाेस्राे, नेपाल प्रहरीका नागेश्वर अहिरले ३१ मिनेट ४५ सेकेन्डमा दुरी पार गर्दै तेस्रो, आर्मीका विनाेद राेकायाले ३१ मिनेट ५१ सेकेन्डमा दुरी पार गर्दै चाैथाे र एपीएफका रुपेश कार्कीले ३१ मिनेट ५५ सेकेन्डमा दुरी पार गर्दै पाँचौं भए  ।
यस्तै, आर्मीका सुशील कुमार शाही छैठौं, आर्मीकै करण रावल साताैँ, कपिलवस्तुका अजय पाँडे क्षेत्री आठौं, सल्यानका बबिन याेगी नवाैँ र राेल्पाका झरमान पुनले दशाैँ स्थान हासिल गरे ।
प्रतियोगितामा महिलातर्फ एपीएफकी पुष्पा भण्डारीले ३८ मिनेट १९ सेकेन्डमा दुरी पार गर्दै दाेस्राे, एपीएफकै दिपा परियारले ३९ मिनेट  २१ सेकेन्डमा दुरी पार गर्दै तेस्रो, नेपाल प्रहरीकी सुमित्रा कुमारी चाैधरीले ४० मिनेट १७ सेकेन्डमा दुरी पार गर्दै चाैथाे, आर्मीकी पुष्पा कठायतले ४३ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै पाँचौं भइन  ।
यसैगरी, बाँकेकी दीपशिखा शाही छैठौं, बाँकेकै स्वस्तिका शाही साताैँ, दाङकी निरमाया चाैधरी आठौं, दाङकै उर्मिला घर्ती मगर नवाैँ, रुकुम पश्चिमकी कमला वली दशाैँ  भएको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरनदाज गौतमले बताए ।
उनका अनुसार, लुम्बिनी राष्ट्रिय खुल्ला पुरुष तथा महिला १० किलोमीटर रोड रेस प्रतियोगितामा प्रथम हुने पुरुष महिला दुवैलाई जनही ५०–५० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएकाे छ । यसैगरी, दोस्रो हुनेले जनही ३०–३० हजार, तेस्रो हुनेले जनही २०–२० हजार, चौथो हुनेले जनही १५–१५ हजार र पाँचौँ हुनेले जनही १०–१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव गौतमले बताए ।
प्रतियोगितामा सहभागी भएका पुरुष महिला खेलाडी मध्ये छैठाैँ, सातौँ, आठौँ, नवौँ र दशौँ हुनेलाई पनि समान ५–५ हजार रुपैयाँ हौसला स्वरुप प्रदान गरिएकाे उनले जानकारी दिए । ‘लुम्बिनी राष्ट्रिय खुल्ला पुरुष/ महिला १० किलोमीटर रोड रेस प्रतियोगिता’ घोराहीको विद्युत कार्यालयदेखि वडा नम्बर ६ को फचकपुरसम्मको रुट तय गरिएको थियाे।
खेलकुदको विकाससँगै खेलाडी पहिचान गर्दै प्रदेशमा दक्ष खेलाडी उत्पादन गर्न यस प्रकारको प्रतियोगिता आयोजना गरिएको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव गौतमले  बताए । प्रतियोगितामा विभागीय टिमसहित देशभरबाट चास पचास बढी धावकहरुकाे सहभागीता रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?