ट्रेंडिंग:

>> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ

समवेदनादेखि ओजस्वीसँगको भेट र होमस्टेको कुरा 

१४ असार २०८२, शनिबार
१४ असार २०८२, शनिबार

टिका बस्नेत, दशरथ घिमिरे र विष्णु घिमिरे तीनै जना पत्रकार हुन् । दाङबाट उनीहरू बुटवल आइपुगेपछि ट्राफिक चोकमाथि पाल्पा–बसपार्कमा भेट भो । साथमा थिए बटौलीका पत्रकार रामप्रसाद आचार्य पनि । उनीहरूकै मोटरमा थपिएँ म पनि । मोटर कुद्यो एकोहोरो । पाल्पाको बाँसटारी पुगेपछि दाहिने, पूर्वतिर मोडियौं र करिव पाँच किलोमिटरको दूरी नाप्यौं । खासमा हामी पत्रकार यमबहादु र( मिलन) की आमाको मृत्युमा शोकाकूल परिवारलाई समवेदना दिन गएका थियौं । पाल्पा माथागढी वडा नं.३ को सराई बजारनिर ।

मिलनलाई समवेदना 
२०८२ असारको ९ गते सोमवारका दिन हामी दिउँसो डेढ बजेतिर मिलनको पहाड घर पाल्पामा पुग्दा पानी फ्यार्र पर्यो । दुई भाइहरू किरियापुत्रीका रूपमा भेटिए । हातमा उनीहरूका लौरा थिए । सायद कुकुर, बिराला वा अन्य जनावरले छुने डरले होला । मुख्यमन्त्री ज्यूको शोक पत्र भित्तामा अड्याएपछि मृतक आमाको फोटोमा पँहेलो टीका अर्पण गरेर नमस्कार गरियो । मिलनले आमाको अन्तिम सास भेट्न नपाएको कुरा सुनाउँदा मनै कुँडियो । मिलन, साथीहरूसँग ढोरपाटनको बुकी यात्रामा थिए । फोन सम्पर्क हुन नसकेको कारण आमाको अन्तिम सास र काख भेट्न उनले भ्याएनन् ।

प्रसादी आयो, ग्रहण गरियो । मुख्यमन्त्री ज्यूका प्रेस संयोजक दशरथले मुख्यमन्त्रीको कार्यव्यस्तताको कारण शोकपत्र लिएर आफूहरू हाजिर भएको सुनाए । मिलनले मुख्यमन्त्री ज्यू नै आउने कुरामा आफू आशावादी रहेको कुरा दशरथलाई सुनाए । त्यतिबेला चियामा कागती राखेर रामप्रसादले सुरुप्प पारे । त्यतिञ्जेल टीकाले सुन्दर अक्षरमा शोक पुस्तिकामा भावपूर्ण समवेदना लेखे । बुटवलका साथी केशवसँग भेट भो । उनीहरू पानीको डरले भट्भटेमा सुईकिए छिटै । यात्रामा जाँदा आमा गुमाउनु परेको तीतो पीडालाई बिर्सन हाम्रो उपस्थितिले मिलनलाई शक्ति दिए त हुन्थ्यो तर सम्भव कमै देखें । तैपनि हामीले आमाप्रति भावपूर्ण श्रद्धाञ्जलि र मिलनको परिवारमा समवेदना प्रकट गरेका थियौं । मिलन, नामलेमात्र मिलन होइन, स्वभावले नै मिलनसार छन् । अकोराब, फोनिज, प्रेस चौतारीको नेता हुन् ।

रेडियो समावेशीमा स्टेशन मेनेजर भएको बेलादेखि चिन्छु । यतिबेला लुम्बिनी प्रदेश सरकारले गठन गरेको सूचना समन्वय परिषदको अध्यक्ष समेत छन् । दुःखको यो घडीमा उनीसँग धेरै बोल्ने आँट पनि आएन । विष्णुले श्रद्धाञ्जलि दिएको बेला फोटो खिचे । हामी हिड्ने तरखर गयौं । बाटोमा राजेश अर्यालसँग जम्काभेट भएको थियो तर बोल्ने अवसर मिलेको थिएन । उनी व्यवस्थापन समितिको अध्यक्ष भएको विद्यालय दमकडा मावि पुग्ने रहरले साथ नछाडेपछि फोन गरेरै उतै विद्यालय पस्ने सल्लाह भयो मोबाईलमा । त्यसपछि मिलनसँग विदा भइयो । १३ दिनमा १३ गते नै उम्किने कुराको जानकारीपत्र समेत दिए उनले ।

दमकडा माविमा हाजिर हुँदा 
पाल्पा तानसेन नगरपालिका वडा नं.९ मा पर्छ दमकडा । सहरोन्मुख गाउँ । सरकारी भाषामा यो ठाउँ नगरपालिकाभित्र रहेपछि सहर नै हो । तर म यस ठाउँलाई सहरोन्मुख गाउँ भन्न रुचाउँछु । हावापानी, परिवेश, रहनसहन, संस्कार, संस्कृति र सबै कुराले अग्र्यानिक गाउँ नै हो दमकडा । तर आज यहाँ पक्की बाटो छ, बिजुली, धारा, नेट, विद्यालय, क्याम्पस, बजार, स्वास्थ्य चौकी आदिको उपलब्धताका कारण सहर बनिसकेको छ । सहरमा पाइने सुविधा के छैन र ? तरपनि मलाई किन किन यो ठाउँलाई गाउँ भन्न मनपर्छ । यसलाई अचेल म सहरोन्मुख गाउँ भन्न मन पार्छु ।

यहीं छ २०१३ सालमा स्थापित दमकडा नमूना माध्यमिक विद्यालय । सम्वत् २०७५ सालमा हो, यो विद्यालयले नमूना माविको तक्मा भिरेको । धेरैलाई यो तक्मा भिरुँम कि फालुँम भइरहेको वर्तमान अवस्थामा दमकडा नमूना माविले अर्को तक्मा भिर्न सक्ने शैक्षिक एवम् भौतिक सामथ्र्य जुटाइसकेको छ । विद्यालयको भौतिक स्वरूप जति सुन्दर छ,त्योभन्दा उत्तम त विद्यालयको नतिजा नै छ । एसईई होस् वा एसएलसी दुबै तहमा दमकडा उत्कृष्ट छ । त्यसैले त थुप्रैपटक यो विद्यालयले पुरस्कार थापिसकेको छ । प्रशंसा, सम्मान, बधाई, धन्यवाद् ग्रहण गरेर आफूलाई उन्नत र प्रगतिपथमा लम्काइ सकेको यो विद्यालयमा ३६ जना सरकारी तलवभत्ता खाने शिक्षकहरू छन् । नीजिस्तरमा २६ जना शिक्षकलाई विद्यालयले वार्षिक आधा करोड तलवभत्तामा खर्चिनुपर्छ । यो कसरी सम्भव छ ?

विद्यालयको आफ्नै ५० रोपनी जग्गाभित्र छात्राबास छ । आम्दानीका लागि स्थानीयहरूलाई केही जग्गा भाडामा दिइएको छ । शिक्षकलाई तलब खुबाउने आधारमध्ये यो पनि एउटा बाटो हो । महायज्ञबाट प्राप्त रकमलाई कर्जामा लगाई आम्दानीको बाटो बनाइएको छ । अभिभावक सहयोगबाट समेत विद्यालयलाई राहत मिलेको छ । सहयोगीहरूको चन्दाले समेत विद्यालय उँभो लाग्ने अवस्था छ । विद्यालय चलिरहेको ठाउँमा १० रोपनी जग्गा रहेछ ।

विद्यालयसँग दुईवटा पँहेला बस रहेछन् । अझै एउटा बस प्राप्त भएमा उत्तम हुने देखियो । राष्ट्रिय योजना आयोगले सहयोग गरेपछि विद्यालयको अनुहारमा चमक आएको रहेछ । दमकडा आवसीय शिक्षण योजनाका लागि विनियोजित ८ करोड १६ लाखमध्ये ६ करोडको काम सम्पन्न भयो । बाँकी रूपैयाँ फिर्ता पठाउनु परेको कुरा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेश अर्यालले सुनाए । जुन पैसाले पूर्वाधार निर्माणमा सहयोग मिलेको रहेछ । छात्रबास गराउनका लागि लुम्बिनी प्रदेशका संस्थाक मुख्यमन्त्री शंकर पोखरेलको सहयोगमा ७० लाख बजेट विनियोजन भएको कुराले धेरै राहत मिलेको विद्यालयका प्रअ मोहन सरले सुनाउँदै थिए ।

ओजस्वीसँगको भेट 
दमकडा माविमा यतिबेला हजारको संख्यामा विद्यार्थी छन् । यहाँ विज्ञान, सिभिल इञ्जिनियरिङ्ग, व्यवस्थापन र शिक्षा संकायमा पढाई हुँदै आएको छ । विद्यार्थी टनाटन छन् । सो विद्यालयमा वृत्तिविकास प्रयोगशाला छ । जहाँ विद्यार्थीका रुची, क्षमता, दक्षता परीक्षण गरिन्छन् । परामर्श हुन्छ । इच्छा लागेका विषयमा विद्यार्थीले पढ्न पाउने अवसर उपलब्ध गराइन्छ । नौलो लाग्यो । विज्ञान, गणितका लागि व्यवस्थित प्रयोगशाला देखियो । स्टेम प्रयोशाला रहेछ । सुविधा सम्पन्न पुस्तकालय भेट्यौं । सातामा एकदिन, एकघण्टी यही पढ्नुपर्ने चलन रहेछ । नृत्य गर्ने गतिलो स्थान रहेछ । भोक लाग्दा विद्यालयभित्रै चमेना गृह, त्यो पनि सुविधा सम्पन्न रहेछ । सबै कोठाको चाँबी खोल्दै विद्यालयका प्रअ मोहन सरले देखाए । उनका पछाडि कुनै सहायक कर्मचारी थिएनन् । हामीहरूले हेर्यौं, देख्यौं । मज्जा मान्यौं ।

धेरै कुरा सिक्न, जान्न पाएकोमा गौरव गर्यौं । विद्यालयकै आफ्नो रेकर्डिङ्ग स्टूडियो रहेछ । नानीबाबुहरूका लागि नानीबाबुहरू कार्यक्रम चलाएर शिखरमा पुगेकी कार्यक्रम सञ्चालक छिन् ओजस्वी आचार्य । ओजस्वीको ओजपूर्ण उपस्थितिले विद्यालयको नौलो पहिचान बनेको छ । दमकडा माविकी हीरा हुन् ओजस्वी । विद्यालयले उनलाई शैक्षिक सम्पत्तिको रूपमा स्वीकार गरेको छ । उनको क्षमता, योग्यता, कला र सीपलाई मलजल गर्ने उर्वर भूमिका दिएको छ विद्यालयले । अवसर दिएको छ । अवस्था सिर्जना गरेको छ । उनलाई भेट्यौं । फोटो खिच्यौं । सामान्य भेट र भलाकुसारी गयौं । उनको अध्ययन समयलाई उच्च सम्मान गर्दै फोटो खिचेर बिदा लियौं उनीबाट ।

राजेशको इच्छा : डाँडाडुममा होमस्टे 
डाँडाडुममा होमस्टे सञ्चालन गर्ने धोको रहेको तानसेन वडा नं.९ का वडाध्यक्ष समेत रहेका राजेश अर्यालले बताए । सो गाउँमा होमस्टे चलाउन सकेमा गाउँका मान्छे गाउँमै बस्थे, आम्दानी बढ्थ्यो, गाउँमा नयाँ मानिसहरूको आगमन हुने थियो । होमस्टे गाउँको नाउँले डाँडाडुम गाउँको नयाँ परिचय बन्थ्यो । राजेशले त्यसो भनिरहे । मैले सक्दो सहयोग गर्ने वचन दिएँ । पत्रकार महासंघ पाल्पाको अध्यक्ष भइसकेका राजेश अर्याल टाठा छन् । आफ्नो वडाको विकास निर्माण, मानवीय विकासका लागि पहल र शैक्षिक उन्नयनका लागि प्रयास गर्ने जिम्दा मान्छे हुन् ।

राजनीतिक भविष्य बोकेका तन्नेरी राजेशले आफूलाई अब्बल बनाउँदै लगेका छन् । विद्यालयलाई सबैकामाझ नौलो परिचय दिएका छन् । प्रअ मोहन सापकोटा सरसँग राजेशको तादम्यता मिलेको देखियो । दृष्टिविहिन बाबुनानीहरू समेत सोही विद्यालयमा पढ्ने रहेछन् । तीनजना दृष्टिविहिन शिक्षकहरूले आफ्नो शैक्षिक दक्षता प्रदर्शन गरिरहेको समाचारले मन खुसी भयो ।

विद्यालयकै क्यान्टिनमा तात्तातो सुख्खारोटी खाई, कफी पिएपछि हामी मदनपोखरामा उमा अर्यालको नारी सेनेटरी उद्योग हेर्न पुग्यौं । दोभानमा आइपुगेपछि साथीहरूले सुकुटी मिठरी खाए । विष्णुले बुटवल झरुञ्जेल बाटाभरि सुकुटीको बयान गरे । मीना श्रेष्ठको कलात्मक पाक्वकलाले सुकुटीप्रेमीहरूलाई आकर्षण गरेकै भेट्छु । बुटवल आइपुग्दा साँझको पाँच बज्दैथियो । रामप्रसाद र म बुटवलको पाल्पा बसपार्कनिरै झरियो । साथीहरू पत्रकार भरत केसीको जन्मदिनमा केक् काट्न पुगेछन् । साँझ ६ बजे उनीहरूले बुटवल छाडेको खबर धानखोला पुगेपछि थाहा पाइयो । एकदिने नबिर्सिने यात्राले नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ साथीहरू र नयाँ कुरा सिक्ने अवसर दिलायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?