ट्रेंडिंग:

>> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि

पानी आयो, पाइप छैन

१४ असार २०८२, शनिबार
१४ असार २०८२, शनिबार

दाङ, १४ असार ।

दाङको शान्तीनगर गाउँपालिका ७ मा पाँच बर्ष अघि खानेपानीको योजना सुरु भयो । उक्त योजना अनुसार बोरिङ खनेर पानी आएको छ, ट्याङ् बनेको छ तर घरघरमा पानी पु¥याउन पाइप बिस्तार हुन सकेको छैन । बुराडावर कोइरेली डाँडा खानेपानी अयोजनाकी कोषाध्यक्ष गायत्री भण्डारी भन्छिन्–“घरछेउँको पानी ट्याङ्की हेर्ने मात्रै भएको छ । पानीको आशा गर्न थालेको धेरै भयो । खोला र खोल्साको पानी खान बाध्य भएका छौ ।”

शान्तीनगर गाउँपालिका ७ की लक्ष्मी खड्का बुराडावर कोइरेलीडाँडा खानेपानी अयोजनाको सदस्य हुन् । उनलाई घरघरमा पानी आउने भयो, दुखका दिन जाने भए भनेर खुशी लागेको थियो । तर संरचना सबै बन्यो, घरघरमा पु¥याउने पानीको पाइप नहँुदा धेरै दुख लागेको छ । घरदेखि आधा घण्टाको दुरीमा रहेको सामूहिक इनारबाट पानी खान बाध्य भएको उनले बताइन् । स्थानीय, प्रदेश सरकार र संघीय सरकारको आसामा बसेको धेरै वर्ष भयो, पानी घर घरमा कहिले आउँछ ?

खानेपानी उपभोक्ता महासंघ राजपुरका अध्यक्ष लिलाराम बिकले नाका क्षेत्रमा धेरै नै खानेपानीको समस्या रहेको बताए । उनले मिर्गियादेखि भौरीसाल नाकासम्मको अवस्थामा भौवा, भैसाही, सुनपतरी, सिउरेनी, डगमारा, सौरिया, गुरुङनाका लगायत केही नाका खानेपानीका लागि केही सहज भएपनि अरु नाका क्षेत्रका नागरिक पानीको समस्यामा रहेको बताए ।

जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले शुद्ध पानी पिउन पाउनु हरेक नागरिकको अधिकार भएको हुँदा तीन तहका सरकारले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताए । बढ्दो शहरीकरण, प्राकृतिक स्रोत साधनको दोहनका कारण पानीका स्रोत जोखिममा परेको भन्दै जोखिम न्यूनीकरणका विषयमा अब सबैको ध्यान जानुपर्ने उनले बताए । “पानीको स्रोतदेखि उपभोक्ताको मुखसम्म शुद्ध पानी चाहिन्छ । यो विषयमा हाम्रो ध्यान पुग्नुपर्छ”–उनले भने ।

दाङका सबै पालिकामा ६२ प्रतिशत घरधुरीमा पाईपमार्फत खानेपानी बिस्तार भएको छ । जिल्लामा १ लाख ६२ हजार २ सय ६६ घरधुरी संख्या रहेकोमा हालसम्म १ लाख १ हजार ८ घरधुरी अर्थात ६२ दशमलव २५ प्रतिशतमा पाईपमार्फत खानेपानी बिस्तार भएको खानेपानी तथा सरसफाइ कार्यालय दाङले जानकारी गराएको छ ।

खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख तिलक न्यौपानेले लुम्बिनी प्रदेशमा ११ लाख ४१ हजार ३ सय ४५ घरधुरी रहेकोमा पाइप प्रणालीबाट खानेपानीमा लाभान्वित घरधुरी संख्या ६ लाख ५५ हजार ७ सय ६ रहेकोमा जिल्लामा अरु माध्यम बाहेक पाइपबाट खानेपानीको पहुँच अभिवृद्धि हुँदै भएको बताए । जिल्लामा यो वर्ष ६ वटा आयोजना अन्तर्गत २ सय ६६ वटा योजना मध्ये १ सय ७६ वटा कार्यान्वयनमा र ८९ वटा कार्यान्वयनमा आउन नसकेको बताए ।

उनका अनुसार, सघन खानेपानी विकास कार्यक्रम अन्तर्गत १ सय ९५ योजना रहेका छन् । जसमध्ये १ सय ११ वटा कार्यान्वयन भएका र ८३ वटा कार्यान्वयन हुन सकेका छैनन् । बजेट अभावका कारण थालनी गरेका योजना सम्पन्न हुन सकेका छैनन् ।

उनले चालु आर्थिक वर्ष २०८१–०८२ मा कार्यालयका लागि विनियोजित २९ करोड ७१ लाख ९८ हजार रुपैयाँ मध्ये हालसम्म २० करोड ७५ लाख ९६ हजार अर्थात ७१ दशमलव ९५ प्रतिशत खर्च भएको बताए ।

जसमध्ये पूँजीगत खर्चका लागि विनियोजन भएको २८ करोड ५७ लाख ७९ हजारबाट २० करोड ६५ लाख ७२ हजार अर्थात ७२ दशमलव २८ प्रतिशत खर्च हुँदा र चालु खर्चका लागि विनियोजन भएको १ करोड १४ लाख १९ हजार मध्ये १ करोड २ लाख ४४ हजार रुपैयाँ अर्थात ८९ दशमलव ७२ प्रतिशत भएको छ ।

नेपालको संविधानको धारा ३५ उपधारा ४ मा सुरक्षित खानेपानी र सरसफाइको पहुँचलाई मौलिक अधिकारको रूपमा प्रत्याभूत गरेको भएपनि व्यावहारिक कार्यान्वयनमा सबै पक्ष गम्भीर बन्नुपर्ने उनको जोड छ ।

उनले खानेपानी र सरसफाइको क्षेत्र कम प्राथमिकतामा पर्ने गरेको बताए । नागरिकले सर्वसुलभ र गुणस्तरीय खानेपानी उपभोगका लागि संघर्ष गर्नुपर्ने स्थिती रहेको बताए । वर्सेनि आयोजना थपिने बजेट घट्ने प्रवृत्तिले आयोजनाहरु सम्पन्न कहिले हुने भन्ने अन्यौल रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख न्यौपाने बताए ।

राष्ट्रिय खानेपानी महासंघका अध्यक्ष खेम वलीले ८२ प्रतिशत उपभोक्ता समितिले संचालन गरेका आयोजनामा सरकारले नियन्त्रण गरेको भन्दै खानेपानी वितरणमा पनि सरकारले मौलिक हक खोस्ने प्रयत्न गरेको बताए । योजना बनाउने तर अपुरो बजेट दिँदा काम सम्पन्न नहुँदै बजेट सकिने गरेकाले नागरिक समस्यामा परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?