© २०२३
बुटवल, १४ असार । जिफन्ट आवद्ध निर्माण क्षेत्रका श्रमिकहरुको संगठन नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निमार्ण मजदुर युनियन क्युपेक नेपाल रुपन्देहीको दोश्रो जिल्ला अधिवेसनबाट पुनः गंगाराम सुनारको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ । शनिबार बुटवलमा सम्पन्न अधिवेसनबाट उपाध्यक्ष बल बहादुर बिक, सचिव राजु गौडेल, कोषाध्यक्ष देवीराम मरासिनी, सहसचिव गोमा थापा तथा सदस्यहरुमा तिलक मुडबरी, कविता बिक, कृष्ण थारु, संजय माली, राजकुमार गौतम र हरि चौधरी निर्वाचित भएका हुन । साथै जिल्ला प्रतिनिधि परिषद रुपन्देहीको प्रतिनिधि परिषदका लागि होम बहादुर केसीको संयोजकत्वमा पुरन शाही र लाल बहादुर थारु सदस्य रहेको ३ सदस्यीय सर्वसम्मत निर्वाचित भएका छन ।
कार्यक्रमको एक समारोहका बिच उद्घाटन गर्दै जिफन्ट राष्ट्रिय कमिटिका सचिव हरि बहादुर कार्कीले निर्माण क्षेत्रका श्रमिकहरुलाइ योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने गरि अभियानमा लागेको बताए । सबै पालिकाहरुमा श्रम डेस्क स्थापना गरि श्रमिक पन्जिकरण गराउन व्यापक दवाब सृजना गर्न उनले आग्रह समेत गरे ।
अधिवेसनमा जिफन्ट लुम्बिनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्ले, क्युपेक नेपालका केन्द्रिय सदस्य दिलकराज डुम्रे, नाटु केन्द्रिय प्रतिनिधि परिषद प्रमुख जीवन अधिकारी, जिफन्ट रुपन्देही जिल्ला अध्यक्ष केशव गौतम र यातायात संगठनका लुम्बिनी प्रदेश अध्यक्ष हुम बहादुर क्षेत्रीले श्रमिकहरुको हकहितमा संस्थागत भई आवाज उठाउन जरुरी रहेको बताए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गंगाराम सुनारले संस्थागत रुपमा सदस्यता बढाउने गरि थालेको पहल र संस्थागत विकासका बारेमा जानकारी दिए ।
कार्यक्रममा रुपन्देही जिल्ला सचिव होम बहादुर के.सी.,सदस्य राजु गौडेलले सामाजिक सुरक्षाको सकारात्मक पक्षका बारेमा बताए । हाल संस्थामा नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निमार्ण मजदुरहरु आवद्ध रहेका छन ।