ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

२१ वर्षसम्म अपराधीले छले प्रहरी ! 

१३ असार २०८२, शुक्रबार
१३ असार २०८२, शुक्रबार

बुटवल, १३ असार ।

२०६८ साल कार्तिक ११ गते राती करिब १० बजेको समयमा पाल्पाको माथा गढी गाउँपालिका चिदीपानी १ मा १८ वर्षका नरवीर सार्कीको अज्ञात व्यक्तिले हत्या गर्छन् । श्रीमतीलाई हातपात गरेको विषयले सन्त बहादुर सार्कीले नरवीरको हत्या गरेको प्रहरीको अनुसन्धानमा पुष्टि हुन्छ । घटना भएको केही समयपछि पुगेको प्रहरीले घटनामा मृतकका आफ्नै काका सन्त बहादुर सार्की नै भएको अनुसन्धान बाट पुष्टि गर्दै मुद्दा दायर गरे पनि घटनामा संलग्न सन्त बहादुर घटनाकै दिन फरार हुन्छन् । सार्कीको खोज कार्य भए पनि फेला परेका थिएनन् । भारतको हरीयाणा बस्दै आएका सन्तलाई १४ वर्षपछि पाल्पा प्रहरीले भारतबाट समाएर पाल्पा ल्याएको छ । उनी १४ वर्षदेखि भारतमा बस्दै आएका थिए ।

यस्तै पाल्पा प्रहरीले २१ वर्षदेखि फरार रहेका पाल्पाको सिलुवा गाविस हाल पूर्व खोला गाउँपालिका ९ बस्ने वर्ष ६६ का पूर्ण बहादुर सार्कीलाई प्रहरीले भारतबाट समाएर नेपाल ल्याएको हो । २०६१ सालमा आफ्नै सासु चिनीसरा सार्कीको हत्या गरी फरार रहेका पूर्ण बहादुरलाई भारतको देरादुन बाट पक्राउ गरेको हो । श्रीमती अर्को विवाह गरेर गएपछि सासुले दिएको भैँसी मागेको विषयमा भएको झगडाले चिनी सराको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए ।

पुराना घटनाहरूलाई पुनः फाइल खोलेर घटनामा संलग्नहरूको व्यापक खोजतलास सुरु गरेको भट्टराईको भनाई छ । खोज र कारबाही गर भन्ने मान्यता सहित पाल्पा प्रहरीले विभिन्न समयमा जिल्लामा घटेका विभिन्न घटनाका फाइलहरूको अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पामा हालै सरुवा भई आएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले घटनामा दोषी कसैलाई नछाड्ने नीति सँगै विभिन्न समयमा आपराधिक घटनामा संलग्न रहेका लुकीछिपी बस्दै आएकाहरूलाई फाइल पल्टाउँदै पक्राउ गर्दा र थुना पठाउन लागेका छन् । प्रहरीले काम गर्नुपर्छ भन्ने मान्यता रहेका प्रहरी प्रमुख भट्टराई पाल्पा आएपछि दुई ठुला हत्यामा सङ्लग्नहरूलाई पक्राउ गरी जेल पठाएका हुन । प्रहरीका अनुसार पुराना घटनामा संलग्नहरूलाई पक्राउ गर्न प्रहरी अधिकृतको टोली परिचालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?