© २०२३
बुटवल, १३ असार । देवदह बुद्ध पब्लिक आवासीय मा.विमा विद्यार्थी तथा अभिभावकलाई स्काउट अभिमुखीकरण एवं एकाइ गठन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद गैरेको अध्यक्षतामा पाच सदस्यीय समिति गठन भएको हो । जसको सदस्य सचिवमा स्काउट मास्टर सुरज भहराई, सदस्य शिक्षक प्रतिनिधि अस्मिता नेपाली, सदस्य अभिभावक सुमित्रा पोखेल, सदस्य अभिभावक नवीन सापकोटा रहेका छन ।
कार्यक्रमको नेपाल स्काउट देवदह नगरपालिकाका प्रमुख आयुक्त विकाश गहतराज एवं विद्यालका शैक्षिक परामर्श संयोजक सुवकान्त न्यौपानेले औपचारिक रुपमा उद्घाटन गर्दै विद्यालय शैक्षिकसंगै देवदहको नेतृत्व लिने विश्वास लिएको बताए ।
कार्यक्रममा नेपाल स्काउट देवदह नगरपालिका सदस्य सुरज भट्टराइले विद्यार्थी तथा अभिभावकलाई अभिमुखीकरण प्रदान गरेका थिए । स्काउटले सेवा, अनुशासन धैर्यताकासाथै जीवन दृष्टि सिकाउने कुरामा जोड दिए ।
कार्यक्रममा सहायक प्रिन्सिपल वेद सूर्यवंशी, सहायक प्रिन्सिपल रोशी गुरुङ्ग, स्काउट मास्टर पूजा बोहारा, अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीले यस शैक्षिक सत्रमै प्राथमिक (टेंडरफुट) तालिम, समुदाय सेवा, हरियाली अभियान र स्काउट डे अभियन्ता जस्ता समुदायस्तरमा सचेतनाका कार्यक्रम सञ्चालनमा जोड दिए ।