ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

सल्यानमा प्रदेश सरकारका करोड बढीका २६ योजना

१३ असार २०८२, शुक्रबार
१३ असार २०८२, शुक्रबार

सल्यान, १३ असार ।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि सल्यान जिल्लामा एक करोड बढीका २६ विकास योजनामा बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको नीति अनुसार सडक, पुल, खानेपानी, सिँचाइ, पर्यटन प्रवर्द्धन र सामाजिक पूर्वाधार निर्माण जस्ता क्षेत्रमा प्राथमिकता दिँदै चार वटा मन्त्रालयमार्फत योजनाहरू छनौट गरिएको हो ।

सबैभन्दा बढी १८ वटा योजना भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमार्फत सञ्चालन हुनेछन् । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा सडक तथा पुलसँग सम्बन्धित १८ वटा ठुला योजनामा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले बजेट विनियोजन गरेको छ ।

यसै गरी खानेपानी तथा सिँचाइ सम्बन्धी ५ वटा योजनामा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र ताल संरक्षण एवं पर्यटन प्रवर्द्धन सम्बन्धी २ वटा योजना उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत बजेट विनियोजन गरिएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानको भवन निर्माणमा पनि करोड बजेट रहेको छ ।
थारमारे–वडागाउँ–चौरजहारी सडक योजना सबैभन्दा ठूलो बजेट पाएको योजना हो । यस योजनामा १० करोड रुपैयाँ  विनियोजन गरिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मार्फत कालीमाटी–रामपुर–रामबजार–लुहाम–सल्यान खलंगा जोड्ने सडकमा ६ करोड, सल्यान खलंगा–कालीमाटी–घुईयावारी–काप्रेचौर–कोहलपुर सडक योजनामा ४ करोड ४ लाख, त्रिवेणी–लुहाम–कालीमाटी–रामपुर सडक खण्डको काभ्रा–कालीमाटी सडक कालोपत्रेमा ४ करोड, मौलहाले–दार्मा–फारुला सडक स्तरोन्नतिमा ४ करोड रुपैयाँ  विनियोजन भएको छ ।

यस्तै चाख्लिघाट–त्रिवेणी घाट–कुमाख लेक–जिमाली–चिसापानी सडकमा ३ करोड, मर्मखोला–सानिपिप्ली मोटरेबल पुल, कुमाख गाउँपालिकामा रु २ करोड ५० लाख, सालचौर सडक पुल (शारदा नगरपालिका–९) मा २ करोड ५० लाख, बागचौर–पातीहाल्न सडक जंगारखोला पुलमा १ करोड ६० लाख, श्रीनगर–खैराबाङ मोटर बाटो स्तरोन्नतिका लागि १ करोड ६० लाख, बालुवा संग्रही–कुपिण्डे–खलंगा सडकमा १ करोड ५५ लाख तथा छत्रेश्वरी–त्रिवेणी जोड्ने कारेवास–रांसी झोलुंगे पुलमा १ करोड ५० लाख छुट्याइएको छ ।

यसैगरेर ढोरचौर, छापडाँडा, गैरीकटेरी, मैदुपोखरी, सल्लीबजार सडकका लागि १ करोड ५० लाख, कोटमौला–किमरे–पोखरी–खोरवारे–परिलेख सडक स्तरोन्नति (सुन्तला पकेट क्षेत्र) मा १ करोड, घुईयाबारी–गंगटे जोड्ने झोलुंगे पुल, कालिमाटी ७ मा १ करोड, सोलावाङ–रिम सडक स्तरोन्नति (कपुरकोट गाउँपालिका) मा १ करोड, स्वीकोट–नेटा–मर्म–परिकाँडा–जिमाली–चौरपानी सडक स्तरोन्नतिमा १ करोड र बागचौरको रारेचौर–खाली–चोरपानी–कुमाख–कालालेक–उचाल्ने–नाथे पिपल–सल्ली–सुर्खेत सडकमा १ करोड रुपिँया बजेट व्यवस्था गरिएको मन्त्रालयको वार्षिक विकास कार्यक्रममा उल्लेख छ

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमार्फत मुलखोला थरा–कुपिण्डे पारी गाउँ–काउचे लिफ्ट खानेपानी योजना (बनगाड कुपिण्डे–८) मा ३ करोड ६० लाख, कालिमाटी सिँचाइ योजना निर्माणमा ३ करोड २० हजार, कुमाख खानेपानी योजनामा २ करोड ५० लाख, कालिमाटी खानेपानी योजनामा २ करोड, बनगाड कुपिण्डे वृहत खानेपानी योजनामा १ करोड २६ लाख रुपैयाँ  विनियोजन भएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत कुपिण्डे ताल संरक्षण गुरु योजना कार्यान्वयनका लागि ४ करोड ९९ लाख ५३ हजार, कुपिण्डे दह जलाधार संरक्षण तथा पर्यटन प्रवर्द्धनमा ३ करोड ६० लाख रुपैयाँ  विनियोजन भएको छ भने सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य सेवा कार्यालय सल्यानको भवन निर्माणका लागि १ करोड विनियोजन भएको छ । यी सबै योजनाहरू कार्यान्वयन भएमा सल्यानको भौतिक पूर्वाधार, खानेपानी, सिँचाइ, पर्यटन क्षेत्र र स्वास्थ्य सेवा प्रवाहमा गुणात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?