ट्रेंडिंग:

>> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’

रोजगारीका लागि प्रविधि प्रयोग गर्ने सिपयुक्त जनशक्ति तयार गर्नुपर्छ: श्रममन्त्री

१३ असार २०८२, शुक्रबार
१३ असार २०८२, शुक्रबार

काठमाडौँ, १३ असार ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले रोजगारीका लागि प्रविधिको प्रयोग गर्न सक्ने सीपयुक्त दक्ष जनशक्ति तयार गर्नु पर्ने बताएका छन् । शुक्रवार मन्त्रालयमा आयोजित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र हेल्भेटास नेपालबिच समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले विश्वको बदलिँदो परिवेशमा प्रविधि प्रयोगको ज्ञान, सीप र क्षमता भएका दक्ष शक्ति उत्पादन गर्न सके रोजगारीको लागि धेरै चिन्ता गर्नु नपर्ने बताएका हुन ।

मन्त्री भण्डारीले अब श्रमको बारेमा अध्ययनको आवश्यकता रहेको विषयमा जोड दिदैं काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा डिप्लोमा इन लेवर स्टडिज कोर्ष सन्चालन गर्ने गृहकार्य र छलफल अगाडि बढी रहेको बताए ।  उनले सूचनाको अभावमा स्वदेशी होस वा वैदेशिक रोजगारीका लागि उपलब्ध भएका अवसरहरू पनि सही सदुपयोग गर्न नसकेको अवस्थालाई चिर्नका लागि सूचना पुर्‍याउने निकायहरूलाई सक्षम बनाउनु पर्नेमा जोड दिए ।

मन्त्री भण्डारीले  श्रम मन्त्रालयले दिने सबै सेवाहरू एकीकृत रूपमा प्रवाह गर्नका लागि ७ सय ५३ स्थानीय तहबाट स्थापना गरिएको रोजगार सेवा केन्द्र मार्फत सूचना प्रवाह गर्ने काम भई रहेको बताए । श्रम मन्त्रालयबाट प्रवाह हुने सबै सेवाहरूलाई डिजिटलाइलेसन गर्ने प्रक्रियामा अगाडि बढी रहेको उनको भनाई छ ।

उनले श्रम र आप्रवासनको क्षेत्रलाई सर्वसुलभ बनाउन महत्त्वपूर्ण भूमिका खेल्नु स्वीटजरल्याण्ड सरकार र स्वीस कन्ट्याक्टलाई सहयोगको लागि आभार प्रकट गरे । अगामी दिनमा पनि निरन्तर सहयोगको लागि आव्हान समेत गरे ।  मन्त्री भण्डारीले नेपालमा पहिलो पटक राष्ट्रिय आप्रवासन नीति करिब करिब टुंगिने अवस्थामा पुगेको जानकारी गराउँदै छिटटै मन्त्रिपरिषद्बाट पारित हुने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा श्रम, रोजगार तथा आप्रवासन सम्बन्धमा क्षमता विकास लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र हेल्भेटास नेपालबिच त्रिपक्षीय एक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।  श्रम सचिव डा. कृष्णहरि पुष्करले तालिम र सीपको बीचमा तादाम्यता नहुने, आवश्यकता र तालिमको बीचमा पनि तादाम्यता नहुने, एकै व्यक्तिले धेरै तालिम लिएको अवस्थामा यसलाई व्यवस्थापन गर्नका लागि यस त्रिपक्षीय सम्झदारीले सहयोग विश्वास व्यक्त गरे । उनले तीन वटै संस्थाले एक अर्कालाई सहयोग, सहकार्य र प्रशंसा गर्दै श्रम आप्रवासनको कामलाई उच्च स्तरमा पुर्याउने आशा लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?