ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

मुक्त कमलरीहरुले दाङमा १२ औं मुक्ति दिवस मनाए

१३ असार २०८२, शुक्रबार
१३ असार २०८२, शुक्रबार

दाङ, १३ असार ।

मुक्त कमलरीहरुले दाङमा १२ औं मुक्ति दिवस मनाएका छन् । उनीहरुले सरकारको तथ्याङ्कमा छुटेका मुक्त कमलरीलाई समावेश गर्नुपर्ने, छात्राबासका नानीहरुको व्यवस्था गर्नुपर्ने र उच्च शिक्षा हासिल गरेका मुक्त कमलरीलाई रोजगारीको व्यबस्था हुनुपर्ने बताएका छन् ।

शुक्रबार कमलरी मुक्ति घोषणा भएको १२ वर्ष पुगेको छ । देशमा दास प्रथाको रुपमा रहेको कमलरीहरुको उद्धार गर्दै दासताबाट मुक्ति दिलाउने काम भएपनि अझैसम्म उचित पुनः स्थापना हुन नसक्नु दुखद भएको उनीहरुले बताएका छन् । छुट कमलरीको लगत संकलन हुन सकेको छैन, उच्च शिक्षाका लागि छात्रवृत्तिको पर्याप्त बजेट छैन, घरबास र अभिभावक नभएका मुक्त कमलरीहरुलाई जग्गा र आवासको व्यवस्था नहुँदा पीडा सहेर बस्नु परेको मुक्त कमलरीहरुको दुखेसो रहेको छ ।

मुक्त कमलरी सशक्तिकरण परियोजना संयोजक सुबोध चौधरीले विभिन्न किसिमको सङघर्षबाट कमलरीहरु अगाडि आए पनि सरकारले दिगो ब्यवस्थापन नगरेका कारण पुनःस्थापनामा समस्या आएको बताए ।

मुक्त कमलरीले संचालन गरेको सहकारी संजालका अध्यक्ष जानमती चौधरीले मुक्त कमलरी दिदीबहिनीहरुले परिचयपत्र नपाएका कारण हरेक काममा बन्चित हुनु परेको बताइन् । आफू पनि मुक्त कमलरी भएको तर परिचयपत्र नपाएको बताइन् ।

मुक्त कमलरी बिकास मंञ्चका पूर्व केन्द्रीय अध्यक्ष मन्जीता चौधरीले नेपाल सरकारले २०७० सालमा कमलरी मुक्तिको घोषणा गरेको बताइन् । सरकारसंग गरेको सम्झौतालाई कार्यान्वयन गर्न ढिला गरेको कारण कमलरीहरुको पुनस्थापना हुन नसकेको बताइन् । परिचयपत्र नभएको कारण छात्रवृत्ति पाउनबाट बन्चित भएको उनको भनाइ छ ।

पूर्व अध्यक्ष सुनिता चौधरीले सरकार मुक्त कमलरीको बिषयमा गम्भीर हुन आग्रह गरिन् । बर्दिया जिल्ला अध्यक्ष जगनी थारु, बाँकेका अध्यक्ष मनकुमारी चौधरी ,बालविवाह न्यूनीकरण कार्यक्रमका संयोजक ज्ञानु थापा लगाएतले दासताबाट मुक्त भएर स्वतन्त्रताको जीवन जिउन पाएका कमलरीले परिचयपत्र पाउन नसकेको र परिचयपत्र नहँुदा उनीहरु हरेक क्षेत्रमा पछाडि परेको बताए ।

मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले कमलरी मुक्ति, पुनस्र्थापना, शिक्षा, सिप, सुरक्षा र न्याय माग गर्दै जिल्लादेखि काठमाडौंसम्म धेरैपटक आन्दोलन गर्नुपरेको बताइन् । दासताबाट मुक्ति भएर आम नागरिक सरह बाँच्न, जीवनयापन गर्न पाउनुपर्ने माग राख्दै राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, महिला तथा बालबालिका मन्त्री, महिला आयोग, मानवअधिकार आयोग जस्ता विभिन्न सरकारी निकायमा ध्यानाकर्षणसहित उत्थानको आवाज उठाएको उनले बताइन् ।

२०७० साल जेठ १९ गते सरकारसँग १० बुँदे सहमति भयो । तर १० बुँदे सहमतिका धेरै बुँदाहरु अझै पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको प्रति मुक्त कमलरीहरु असन्तुष्ट छन् । कमलरी बसेका बेला कतिको ज्यान गयो । कति त बेपत्ता हुन पुगे । उनीहरुको खोज अनुसन्धान गरी कानुनी कारवाही हुन नसकेको प्रति मुक्त कमलरीहरुको चित्त दुखाई छ ।

लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले कमलरी मुक्ति भए पछि आत्मनिर्भर हुनुपर्ने बताइन् । सबैलाई सीप मुलक तालिमपछि आत्मनिर्भर हुनका लागि पालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाइन् । स्थानीय तहले गर्नुपर्ने सहयोगका लागि सधैं सकारात्मक भएको उनको भनाइ छ । उच्च शिक्षा पढेका नानीहरु लोकसेवा देखि शिक्षा आयोगसम्मको तयारी गरेर आत्मनिर्भर बन्न आग्रह गरिन् ।

मुक्त कमलरी विकास मञ्चको तथ्यांक अनुसार १२ हजार ७ सय ६९ जना मुक्त कमलरी रहेका छन् । जसमध्ये ४ हजार ९ सय ३४ जनाले मात्रै परिचय पत्र पाएका छन् । अझै सरकारी परिचय पत्र पाउन ७ हजार ८ सय ३५ जना बाँकी छन् । त्यति मात्रै होईन छुट कमलरीको संख्या अझै ३ हजार २ सय ९६ जना रहेको मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष चौधरीले बताइन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा पनि मुक्त कमलरीहरूको समस्याको समाधान गर्ने, व्यवस्थापन गर्ने जिम्बेवारी स्थानीय सरकारलाई दिएको छ । जसको जगमा टेकेर स्थानीय सरकारले प्रदेश सरकार, संघीय सरकारसँग समन्वयकारी भूमिका निर्वाह गरिदिए सहज हुने उनीहरुको अपेक्षा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?