© २०२३
काठमाडौँ ।
नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटका लागि तयारीको क्रममा अस्ट्रेलिया भ्रमणमा जाने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको अनुसार, विश्वकप छनोटअघि नेपाली टोलीले अस्ट्रेलियामा टप इण्ड टी-२० सिरिज खेल्नेछ।
सिरिज आगामी १४ अगस्टदेखि २४ सम्म अस्ट्रेलियाको डार्बिनमा आयोजना हुनेछ। नेपालले डिएक्ससी एरिना, टिआईओ स्टेडियम र क्याजलीज एरेनामा कम्तीमा ६ खेल खेल्ने तयारी गरेको छ।
क्यानले अस्ट्रेलियामा हुने यस तयारीले नेपाली टोलीलाई टी-२० विश्वकप छनोटमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। यस सिरिजमा सहभागी हुने टोलीहरूको नाम अर्को साता घोषणा गरिने पनि बताइएको छ।
