© २०२३
काठमाडौँ ।
शिक्षा समितिले निजी विद्यालयसम्बन्धी विषयमा निर्णय टुंग्याएको छ। समितिका सभापति अम्मरबहादुर थापाद्वारा प्रस्तुत प्रस्ताव शुक्रबारको बैठकले सर्वसम्मतिले पारित गरेको हो।
पारित प्रस्तावअनुसार, अबदेखि निजी विद्यालयहरूलाई सेवामूलक, लोककल्याणकारी र गैरनाफामूलक रूपमा सञ्चालन गरिने व्यवस्था हुनेछ।विद्यालय शिक्षा विधेयकमार्फत निजी विद्यालयहरू कम्पनी वा गुठीको रूपमै सञ्चालन गर्न सकिने व्यवस्था गरिने भएको छ। बैठकले गुठीमार्फत सञ्चालन हुने विद्यालयहरूलाई विभिन्न सहुलियत दिने प्रस्तावसमेत अनुमोदन गरेको छ। यस निर्णयसँगै निजी क्षेत्रका विद्यालयहरूका संरचना र नियमनमा नयाँ मोड आउने अपेक्षा गरिएको छ।