Butwal Today

जसपाले लुम्बिनी प्रदेश सरकारबाट समर्थन फिर्ता गर्‍यो

१३ असार २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको नेतृत्वमा रहेको प्रदेश सरकारसँगको सहकार्य औपचारिक रूपमा अन्त्य गर्दै जसपाले समर्थन फिर्ता गरेको घोषणा गरेको हो।

यसअघि जसपाले संघीय तहमा पनि केपी शर्मा ओली नेतृत्वको सरकारले पाएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको थियो। पार्टीको त्यही निर्णयको निरन्तरतामा लुम्बिनी प्रदेशबाट पनि समर्थन फिर्ता लिइएको जसपाले स्पष्ट पारेको छ।

संघीय राजनीतिमा नयाँ समीकरण निर्माणको संकेतसहित आएको यो कदमले प्रदेशस्तरमा पनि सत्ता सन्तुलनमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?