ट्रेंडिंग:

>> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण

किसानलाई सधैँ मलको चिन्ता 

१३ असार २०८२, शुक्रबार
१३ असार २०८२, शुक्रबार

लमही, १३ असार ।

बर्षायाम सुरु भएसँगै खेतीपातीमा व्यस्त हुने किसानले मलको अभावले खेप्न सुरु भएको छ । खेतमा रोपाइँको तयारी भइरहेको बेला समयमै मल नपाउने चिन्ताले किसानहरू झस्किएका छन् । यहाँका राप्ती गाउँपालिका, लमही, गढवा र राजपुर लगायतका पालिकाका किसानहरूले मागअनुसार मल नपाएको गुनासो तीव्र रूपमा सार्वजनिक भइरहेको छ ।

राप्ती गाउँपालिका वडा नम्बर २ र ३ का किसानहरू बिहीबार लालमटियास्थित इच्छुक सहकारी पसलमा मल लिन पुगे । तर, उनीहरूलाई आवश्यक परिमाणमा मल नपरेपछि सहकारी परिसरमै भनाभन र झगडासमेत भएको थियो ।
किसान विवेक चौधरीले भने, “एक बोरा डिएपी र युरियाका लागि खोसाखोस गर्नुपर्ने अवस्था आयो। कहिले मल आउँछ थाहा हुँदैन, आउँदा पएलजी पाउँछौँ कि भन्ने ग्यारेन्टी हुँदैन।” उनका अनुसार मलको व्यवस्था राम्रो नहुँदा धेरै किसान खाली हात फर्किन बाध्य छन् ।

राप्ती गाउँपालिका कृषि शाखा प्रमुख प्रसादी गडरिया भन्छन्, “कृषि सामग्री कम्पनीबाटै सीमित कोटामा मल आउने भएकाले सबै किसानको माग पूरा गर्न सकिएको छैन ।” उनका अनुसार यस पटक ६५० बोरा डिएपी, ४०० बोरा युरिया र २५० बोरा पोटास आएको हो, तर माग भने त्यसको दोब्बर छ ।

यस्तै समस्या लमही नगरपालिकामा समस्या देखिएको छ । कृषि शाखा प्रमुख शिबलाल अधिकारीका अनुसार, “लमहीमा १० वटा सहकारीमार्फत मल वितरण गरिँदै आएको छ, तर किसानको माग उच्च हुने भएकाले सबैलाई पुग्ने गरी वितरण गर्न गाह्रो भइरहेको छ ।” किसानहरू भने सरकारको चरम आलोचना गर्दै भन्छन्, “सरकार मलको अभाव छैन भन्छ, तर मल पाउन सहकारीमा झगडा गर्नुपर्छ ।

सरकार किसानका कुरा मात्रै गर्छ, समस्यामा भने कहिल्यै ध्यान दिँदैन ।” सहकारी संस्थाहरूले समेत सीमित परिमाणमा आएको मल दामासाही प्रणालीअनुसार बाँडफाँड गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । यसले गर्दा किसानहरू समयमै खेतमा मल हाल्न नपाई खेती प्रभावित हुने चिन्तामा छन् । खेतमा मकै गोडमेल र धान रोपाइँको तयारीका साथ किसानहरू लागिपरेका छन्। तर मल नपाएर उनीहरूको अनुहारमा निराशा छाएको छ । समयमै मलको आपूर्ति नहुने हो भने यस वर्षको अन्न उत्पादनमै असर पर्ने किसानहरूको ठम्याइ छ । उता कृषि सामाग्री लिमिटेड लमहीले भने मल सहजताका लागि पहल गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?