Butwal Today

एसईई नतिजा प्रकाशनका लागि बोर्ड बैठक सुरु

१३ असार २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु भएको छ। नतिजा प्रकाशनसम्बन्धी अन्तिम निर्णय लिन बोर्ड अहिले छलफलमा जुटिरहेको छ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले प्राविधिक रूपमा कुनै समस्या नदेखिएको खण्डमा नतिजा आजै प्रकाशित गरिने जानकारी दिएका छन्। यद्यपि, आवश्यक प्रक्रिया पूरा गर्न समय लागेमा नतिजा भोलिसम्ममा सार्वजनिक गरिने छ।

यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। नियमित र ग्रेड वृद्धि गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये ४ लाख ३१ हजार ४६६ जना नियमित र ६७ हजार ७१५ जना ग्रेड वृद्धिका विद्यार्थी थिए।

बोर्डले सबै तयारी पूरा भइसकेको जनाउँदै नतिजा प्रकाशनको अन्तिम मिति तय गर्नका लागि बैठक आयोजना गरेको हो। यदि सबै प्रक्रिया सहज रूपमा सम्पन्न भएमा विद्यार्थीहरू आजै आफ्नो नतिजा हेर्न सक्नेछन्।