© २०२३
काठमाडौँ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज साँझ साढे ५ बजे सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार आवश्यक प्राविधिक प्रक्रिया अन्तिम चरणमा पुगेको र नतिजा आज (असार १३ गते) साँझ ५:३० बजेभित्र सार्वजनिक गरिने तयारी गरिएको हो। विद्यार्थीहरूले नतिजा सार्वजनिक भएपछि विभिन्न वेबसाइट, एसएमएस सेवा र मोबाइल एपमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।