© २०२३
काठमाडौं ।
नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। बिहीबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको भए पनि शुक्रबार एकैदिनमा २ हजार ९ सय रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँमा आइपुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सो जानकारी प्रदान गरेको छ।
बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्य पनि केही घटेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले कम भई २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ७५ रुपैयाँ रहेको थियो।