ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

परिणाममा खोजौँ दिवसको सार्थकता 

१३ असार २०८२, शुक्रबार
१३ असार २०८२, शुक्रबार

नेपालमा मनाइने अधिकांश दिवस औपचारिकताकै लागि हुने गरेको जगजाहेर छ । दिवसले आम जनतामा चेतनाको ज्योति फैलाउने काम त गरेको छ तर दिवसलाई औपचारिकतामै सीमित गरिँदा दिवसको औचित्य पुष्टि हुन सकिरहेको छैन । यही क्रममा बिहीबार लागूपदार्थ विरुद्धको अन्तर्राष्ट्रिय दिवस औपचारिकताकै लागि भए पनि मनाइएको छ । लागूपदार्थको जन्जिर तोडौँ भन्ने नाराका साथ मनाइएको यो दिवसको नारा अत्यन्त सुन्दर छ तर यो दिवस मनाइरहँदा युवाहरूमा लागूपदार्थको लत कम होइन, झनै बढेको छ ।

पछिल्लो समय नेपालमा लागू औषधको प्रयोग गम्भीर चुनौती बन्दै गएको छ । यसको प्रयोगबाट २० देखि २९ वर्षको उमेर समूह सबैभन्दा बढी प्रभावित भएको तथ्याङ्क सार्वजनिक भएको छ । नेपालमा करिब एक लाख ४० हजार लागूपदार्थ प्रयोगकर्ता रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपालको युवा जनशक्ति यसको कुलतमा परेको छ । जसको मुक्तिका लागि हामी सबैको सार्थक प्रयास र पहल जरुरी छ । नेपालमा लागूपदार्थको प्रयोग समस्याका रूपमा देखा पर्दै गएको छ । लागू पदार्थको प्रयोगकर्ता बढ्नु अपराधको दर बढ्दै जानु, लागू औषधको अवैध कारोबार बढ्नु चिन्ताजनक स्थिति रहेको छ । यसको नियन्त्रणका लागि स्वस्थ, सभ्य र समुन्नत समाज निर्माण गर्नु जरुरी छ ।

विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति नै दुर्व्यसनमा फस्दा व्यक्ति स्वयं, परिवार, समाज र राष्ट्रका लागि हानी भएको छ । अबका दिनमा लागूपदार्थ विरुद्धको दिवसको सन्दर्भमा राष्ट्रिय ऐक्यबद्धता जुटाउन अपरिहार्य छ । लागूपदार्थ प्रयोगकर्तामा देखा परेका गम्भीर स्वास्थ्य समस्या तथा पारिवारिक विचलन, सामाजिक दुष्प्रभाव, अवैध कारोबार, आर्थिक अपराध एवं सुरक्षा संवेदनशीलताको हिसाबले सचेत रहनुपर्ने देखिएको छ । लागूपदार्थ नियन्त्रणका लागि व्यक्ति, समाज र राष्ट्रको एउटै पहल र प्रयासको आवश्यकताको खाँचो छ । लागूपदार्थ दुब्र्यसनले युवाहरूको जीवन मात्र नभई समग्र राष्ट्र तथा विश्व मानव समुदायको भविष्य अन्धकारतर्फ डो¥याउने भएकोले यसका विरुद्धको सचेतनामूलक कार्यक्रम जरुरी छ ।

दिवसको उद्देश्य भनेको विश्व समुदायलाई लागू औषधको असर र कारोबारबाट मुक्त गराउनु हो । लागूपदार्थको प्रयोगले मात्र विश्वमा हरेक वर्ष १९ लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ । खुल्ला सिमाना अनि प्रत्यक्ष प्रभावका कारण नेपाल पनि यस समस्याबाट अछुतो छैन । अझ भनौँ नेपालमा कलम कापी समाउने हातमा लागू औषध पुग्ने गरेको छ । यसको प्रयोगले युवाहरू कुलतको बाटो मात्र मात्रै होइन, यसबाट एचआइभी, हेपाटाइटिस लगायतका गम्भीर रोगको सङ्क्रमण फैलिने जोखिम छ । विश्वमा अहिले अधिकांश लागूपदार्थका प्रयोगकर्ता अनि कारोबारीहरू युवा नै छन् । उनीहरू कुलतमा लागेका छन् । युवा उमेरमा युवाहरू कुलतमा लाग्ने ठुलो जोखिम हुन्छ ।

अतः लागूपदार्थ नियन्त्रणमा सबैभन्दा पहिले परिवार, समाज, सरकार र सिङ्गो राष्ट्रको अह्म दायित्व हो । दिवसको यही अवसरमा लागू औषध विरुद्ध राष्ट्रिय ऐक्यबद्धता अति आवश्यक छ । नेपाल यो समस्याबाट वर्षौँदेखि प्रताडित छ । लागूपदार्थ प्रयोगकर्तामा देखा परेका गम्भीर स्वास्थ्य समस्या तथा पारिवारिक विचलन, सामाजिक दुष्प्रभाव, अवैध कारोबार, आर्थिक अपराध एवं सुरक्षा संवेदनशीलताको हिसाबले अव यसको सेवन, प्रयोग गर्नेहरूमाथि कडा कारबाही गर्नेतर्फ सरकार पछि हट्नुहुँदैन । तर, कारवाहीमात्र यसको समाधान होइन । लागूपदार्थ सेवनकर्तालाई सही मनोसामाजिक परामर्शको खाँचो छ । उनीहरूलाई अवहेलना होइन, समाजमा अन्तर्घुलित गराउनु जरुरी छ । यो क्षेत्रमा लागेकाहरू एक्लो महसुस गरिरहेका हुन्छन् । त्यो अवस्थाबाट मुक्ति दिलाउनु उत्तिकै जरुरी छ । अबको दिनमा दिवस मनाएर मात्रै यो समस्याको समाधान हुँदैन । दिवसले दिने सन्देश लागूपदार्थ दुर्व्यसनमा फसेकाहरूसम्म पु¥याएर उनीहरूलाई कुलतबाट मुक्ति दिलाउन सक्नुपर्दछ । अनि मात्र दिवसले दिने सार्थकता सही मानेमा पुष्टि हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?