Butwal Today

२४ घण्टामा इजरायली आक्रमणले ९० को ज्यान लियो

१२ असार २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

गाजामा इजरायली सेनाले गरेको पछिल्लो आक्रमणमा कम्तीमा ९० जनाको ज्यान गएको छ। अलजजिराका अनुसार, गएको २४ घण्टामा अस्पताल र राहत केन्द्र आसपासका क्षेत्रमा इजरायली हवाई तथा तोप आक्रमण भएका हुन्।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्धको लक्षण देखा परेको बताएका छन्। त्यही समयमै भएको आक्रमणले क्षेत्रीय तनाव थप चर्किएको देखिन्छ। गाजामा पछिल्लो समय राहत लिन लामो समयदेखि पालो कुरेर बसेकाहरू समेत आक्रमणको चपेटामा परेका छन्।

इजरायली सेनाको लक्ष्य बनिरहेका स्थानहरूमध्ये राहत केन्द्र र सैन्य अड्डा आसपासका क्षेत्र विशेष संवेदनशील बनेका छन्। त्यहाँ भीड जम्मा हुनेबित्तिकै आक्रमणको जोखिम झनै बढ्ने गरेको बताइन्छ। परिस्थिति जटिल बन्दै गइरहेका बेला मानवीय संकट गहिरिँदै गएको छ।