ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

हिन्दू संस्कारमा मृत्यु पश्चात शोकको संस्कार कि प्रदर्शनको मञ्च ?

१२ असार २०८२, बिहीबार
१२ असार २०८२, बिहीबार

मृत्यु जीवनको अवश्यंभावी सत्य हो । यो कुनै जात, धर्म, वर्ग वा समुदायले परिवर्तन गर्न नसक्ने प्राकृतिक नियम हो । विशेष गरी हिन्दू संस्कारअनुसार, मृत्यु एक आत्माको भौतिक शरीरबाट मुक्त भई अर्को यात्रातर्फ उन्मुख हुने पवित्र चरण हो । मृत व्यक्तिको आत्मालाई शान्ति प्रदान गर्न १३ दिनको क्रियादेखि लिएर हरेक वर्ष मनाइने पुण्यतिथिसम्मका विभिन्न धार्मिक क्रियाकलाप गरिन्छन् । यी परम्पराहरूको मूल उद्देश्य आत्माको शुद्धि, मृतात्माप्रति श्रद्धा र परिवारको शोक सान्त्वना हो । तर वर्तमान समाजमा यस्ता संस्कारहरू आफ्नो मूल उद्देश्यबाट विचलित भई सामाजिक प्रतिस्पर्धा, आर्थिक भार र बाह्य देखावटीमा परिणत हुँदै गएका छन् ।

१३ दिनको क्रिया संस्कारलाई हिन्दू धर्मशास्त्रमा अत्यन्त महत्वका साथ वर्णन गरिएको छ । यस अवधिमा परिवारजन शुद्ध र सात्विक जीवन बिताउने, मृतात्माको शान्तिका लागि ब्राह्मण भोजन, दानपुण्य गर्ने, वेद पाठ, गरुड पुराण वाचन, हवन आदि गर्ने चलन छ । यस्तै, वार्षिक पुण्यतिथि—श्राद्ध—मा पनि पितृप्रति कृतज्ञता प्रकट गर्दै विशेष पूजा, तर्पण, पिण्डदान र ब्राह्मण भोजनको परम्परा रहिआएको छ । तर यी सबै कार्यहरूको आध्यात्मिक उद्देश्यलाई आजकल सामाजिक दिखावा, प्रतिष्ठा प्रदर्शन र अनावश्यक खर्चको प्रतिस्पर्धाले ओझेलमा पारेको छ।

सामाजिक दवाब र देखावटी संस्कार

आजकलको सामाजिक मनोविज्ञान यस्तो छ कि यदि कसैले आफ्नो आफन्तको मृत्युमा ठूला भोजभतेर गरेन भने उसलाई ‘कन्जुस’, ‘संस्कारहिन’, वा ‘गाउँ बेखबर’ ठहर गरिन्छ । क्रियापूत्रीका लागि सयौंको भीड जम्मा गरिनु, तीन–चार परिकारको खाना, चेलीबेटीलाई बाक्लो दक्षिणा, ब्राह्मणलाई महंगो पोशाक र थुप्रै सामग्रीसहितको दान आदिले धर्मभन्दा बढी सामाजिक प्रतिष्ठाको सूचक बनेका छन् । त्यतिमात्रै होइन, क्रियापुत्रीका लागि ल्याएको घोतहरुलाई हेरेर त्यसको मुल्यमा अझ थप गरेर दक्षिणा अनिवार्य फिर्ता गर्ने चलन छ । यो चलनमा मंहगो मुल्यमा सामाग्री खरिद गरेको हो कि दुखमा घोत मिसाएर साथ दिएको भन्ने प्रश्न चिन्ह छैन र? कतिपय अवस्थामा आर्थिक हैसियत नभएकाले पनि ऋण गरेर भोज गरिरहेका छन् । दुःखको घडीमा परिवार भावनात्मक रूपमा मात्र नभई आर्थिक रूपमा समेत चकनाचुर हुने स्थिति आइपरेको छ।

धर्मशास्त्र र वर्तमान व्यवहारबीचको दूरी

हिन्दू धर्मशास्त्रमा ‘श्राद्ध’ वा ‘क्रिया’को अनिवार्यता उल्लेख गरिएको भए तापनि त्यसमा तडकभडक गर्नुपर्छ भन्ने कतै भनिएको छैन । ‘मनसा, वाचा, कर्मणा’—अर्थात मन, वचन र कर्मबाट श्रद्धापूर्वक गरिएको कर्म नै फलदायी हुन्छ भनिएको छ । परन्तु आजकल श्रद्धा होइन, संख्या र सजावटलाई मुख्य मानिन्छ । गुणात्मक पूजाअर्चनाभन्दा मात्रात्मक सहभागिता र प्रदर्शन प्राथमिक बन्नु धर्मको विकृति हो । यस्ता प्रवृत्तिले समाजमा वैचारिक स्खलन र व्यावहारिक दुराचारको बीउ रोप्दैछ ।

आर्थिक बोझ र निम्नवर्गको पीडा

हाम्रो समाजमा क्रिया संस्कार र श्राद्धमा गरिने खर्च निम्नवर्गीय र मध्यमवर्गीय परिवारका लागि दुःखको अर्को नाम बनेको छ । दैनिक ज्यालादारी गर्ने मजदुर, साना किसान, पेन्सनवाला वृद्धजनले यस्ता कर्मकाण्ड पूरा गर्न ऋण लिनुपर्ने, गहना बेच्नुपर्ने वा खेती बन्धक राख्नुपर्ने अवस्थासमेत आउन सक्छ । यसले मृत्यु शोकभन्दा बढी आर्थिक संकट ल्याउने बनिरहेको छ । यस्ता संस्कारहरूले गरिबलाई झनै गरिब बनाउने र धनीलाई झनै प्रतिष्ठावान बनाउने सामाजिक विभाजनलाई बढावा दिएको छ।

चेलीबेटीप्रतिको दृष्टिकोण—श्रद्धा कि बोझ ?

मृत्यु संस्कारमा चेलीबेटीलाई बोलाउने, उनीहरूलाई विशेष रूपमा सम्मान गर्ने, दक्षिणा दिने चलन नेपाली हिन्दू समाजमा व्यापक छ । तर यसलाई पनि अहिले भड्किलो रूपमा व्याख्या गर्न थालिएको छ । चेलीबेटीको उपस्थितिलाई भावनात्मक नाता र सद्भावको रूपमा बुझ्नुको साटो, कतिपयले ‘कति पैसा दिइयो’, ‘कसलाई कति सम्मान गरियो’ भनेर नाफाघाटको हिसाब गर्न थालेका छन् । यो चलनले सम्बन्धभन्दा प्रतिस्पर्धा र तिक्तता जन्माइरहेको छ।

समाज परिवर्तनका संकेतहरू

यस सबैको विपरित, पछिल्लो समयमा केही सचेत वर्गले यस्ता तडकभडकमाथि प्रश्न उठाउन थालेका छन् । कतिपयले ‘मलामी नखानुस्, बाँचुन्जेल प्रेम दिनुस्’ भन्ने नारासहित समाजमा चेतना फैलाइरहेका छन् । कसैले त परोपकार गर्ने, विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने, अस्पताल वा विद्यालयमा सहयोग गर्ने जस्ता वैकल्पिक धर्मकर्म अपनाएका छन् । यो दृष्टिकोणले परम्पराको भावनात्मक सारलाई विस्थापन नगरी, त्यसलाई वर्तमान सन्दर्भमा अर्थपूर्ण बनाउन सक्ने सम्भावना देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?