ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

साइबर अपराधमा वृद्धिः महिला र बालबालिका धेरै प्रभावित

१२ असार २०८२, बिहीबार
१२ असार २०८२, बिहीबार

काठमाडौं, १२ असार ।

काठमाडौंकी १९ वर्षीया छात्रा रेनु राइ (नाम परिवर्तन) ले टिकटकमा छोटा मनोरञ्जनात्मक भिडियोहरू अपलोड गर्दै आएकी थिइन् । केही महिनापछि उनको सामाजिक सञ्जालबाट फोटो निकालेर अश्लील रूपमा सम्पादन गरिएको सामग्री पठाइयो । त्यसपछि पैसा नदिए सार्वजनिक गरिदिने धम्की दिइयो । सुरुमा रेनु निकै डराइन् । परिवारलाई पनि भन्न सकिनन् । फोन गरेर पटक पटक ब्ल्याकमेल गरिरहे । उनले हिम्मत जुटाएर दाजुलाई भनिन् । दाजुले साइबर ब्युरोमा उजुरी दिन सुझाव दिए ।

रेनु भन्छिन, “सुरुमा म निकै डराएँ । कसैलाई भन्न सकिनँ । उनीहरूले मलाई पटक–पटक फोन गरेर ब्ल्याकमेल गरिरहे । हिम्मत गरेर दादालाई भने, उहाँकै सल्लाहमा मैले साइबर ब्युरोमा उजुरी दिएँ । अहिले अपराधी पत्ता लागेको छ र मलाई ठूलो राहत मिलेको छ ।”

त्यस्तै, साइवर ब्युरोमा उजुरी दर्ता गर्ने लाइनमा उभिएकी चितवनकी २५ वर्षीया सविता (नाम परिवर्तन) को नाम र फोटो प्रयोग गरी कसैले फेसबुकमा फेक प्रोफाइल बनायो । त्यो प्रोफाइलबाट उनका साथीभाइलाई आपत्तिजनक सन्देश पठाइयो । यसले सविताको पारिवारिक र सामाजिक प्रतिष्ठामा ठूलो असर गर्यो । सविता भन्छिन्, “मलाई सामाजिक रूपमा नराम्रो नजरले हेर्न थालियो । साथीहरू टाढिन थाले । साइबर ब्युरोमा उजुरी दिन आएकी छु । हेरौँ के हुन्छ ?”
ललितपुरका १५ वर्षीय बालक (नाम गोप्य) लाई अनलाइन गेम खेल्ने क्रममा अपरिचित व्यक्तिले अश्लील भिडियो पठायो र त्यो भिडियो हेरेको प्रमाण प्रयोग गरी ब्ल्याकमेल सुरु गर्यो । बालकलाई धम्की दिइयो कि उनले पैसा नदिए विद्यालय र अभिभावकलाई सबै सामग्री पठाइनेछ ।

पीडित बालकका अभिभावक भन्छन् “छोरा निकै डराएको थियो । मानसिक तनावले रातभर सुत्न सकेन । तुरुन्त साइबर ब्युरोमा उजुरी दियौं र प्रहरीले तत्काल एक्सन लिए । अहिले उसले मनोवैज्ञानिक परामर्श लिँदैछ ।”

यी तीन घटनाले के देखाउँछ भने अनलाइन शोषण जुनसुकै माध्यम र उमेरमा हुन सक्छ । अपराधीहरू अपरिचित मात्र होइन, कहिलेकाहीँ नजिकका व्यक्ति पनि हुन सक्छन् । डर र लाजका कारण धेरै पीडित उजुरी दिन नसक्ने अवस्था देखिन्छ । साइबर ब्युरोमा उजुरी दिएर मात्र सुरक्षा सम्भव छ त ?

टिकटक, फेसबुक र अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूमा बालबालिका र महिलामाथि भइरहेको साइबर शोषण तीव्र रूपमा बढिरहेको छ । नेपाल प्रहरी साइबर ब्युरोको पछिल्लो तथ्यांकले विगत ३ वर्षमा यस किसिमका घटनामा वृद्धि भएको देखाएको छ । यसले सामाजिक सञ्जाललाई मनोरञ्जन मात्र होइन, घातक शोषणको माध्यम पनि बनाएको छ ।

साइबर ब्युरोको तथ्यांक अनुसार पछिल्ला तीन वर्षमा मात्र २७ हजार साइबर उजुरी साइबर ब्युरोमा दर्ता भएका छन् । जुन दर्ता भएका साइबर अपराधका उजुरी संख्या झन्डै तीन गुणाले वृद्धि भएको हो । उजुरीमा महिलाहरू र बालबालिकाको संख्या उच्च छ । तथ्यांक अनुसार कुल उजुरी मध्ये ठूलो हिस्सा महिला र बालबालिका लक्षित साइबर अपराधमा आधारित छन् ।

ब्युरोका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा ४ हजार ६ सय ८६ साइबर अपराधका उजुरी दर्ता भएका थिए । जसमा महिला सम्बन्धी उजुरीको संख्या २ हजार २ सय थियो । बालबालिका सम्बन्धी उजुरी ४ सय २० दर्ता भएको थियो ।

त्यस्तै, २०७९÷८० मा साइबर अपराधका ९ हजार १३ उजुरी दर्ता भएको थियो । जसमा महिला सम्बन्धी उजुरी बढेर दोब्बर ४ हजार ९ सय ७८ र बालबालिका सम्बन्धी उजुरी ५ सय ८७ दर्ता भएको थियो । २०८०÷८१ मा उजुरी संख्या बढेर १२ हजार ७ सय ८९ पुग्यो । जसमा महिला सम्बन्धी उजुरी ५ हजार ७ सय ३ र बालबालिका सम्बन्धी उजुरी ६ सय ३५ दर्ता भएको थियो । तीन वर्षमा कुल उजुरी २६ हजार ४ सय ८८ दर्ता भएकोमा महिला सम्बन्धी उजुरी मात्र १२ हजार ८ सय ८१ र बालबालिका सम्बन्धी उजुरी १ हजार ६ सय ४२ पुगेको छ । यसले देखाउँछ कि साइबर अपराधका उजुरी मध्ये महिला र बालबालिका मात्र केन्द्रित उजुरी ५५ प्रतिशत भन्दा बढी रहेको छ ।

यो तथ्यांकले देखाउँछ कि साइबर अपराध मात्र बढेको छैन । महिलाहरू र बालबालिकाको संलग्नता पनि उच्च रहेको छ । फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा फेक प्रोफाइल, निजी तस्बिर दुरुपयोग, ब्ल्याकमेल, साइबर बुली र अनलाइन ठगीका घटनाहरू दिनानुदिन बढ्दै गएका छन् । साइबर ब्युरोका अनुसार, उजुरी मध्ये सबैभन्दा बढी ब्ल्याकमेल र अश्लील सामग्रीको प्रसारमा आधारित छन् । किशोरी र महिलाहरू लक्षित प्रमुख समूहमा परेका छन् ।

नेपाल प्रहरी साइबर ब्युरोका प्रमुख एसएसपी तथा प्रवक्ता दीपक राज अवस्थीले तीन वर्षमा साइबर अपराधमा भएको वृद्धिदर निकै चिन्ताजनक भएको बताउँछन् । अवस्थीले “महिलामाथि हुने ब्ल्याकमेल, चरित्र हत्या, साइबर बुली र अश्लील सामग्रीको दुरुपयोग सबैभन्दा बढी उजुरीका घटना हुन् । बालबालिका पनि सुरक्षित छैनन् । अनलाइन सचेतना र कडा कानुनी कार्यान्वयन नहुन्जेल जोखिम बढिरहन्छ ।”

उनले भने, “पछिल्लो समय सामाजिक सञ्जालमा हुने साइबर अपराधमा तीव्र वृद्धि भएको छ । खास गरी बालबालिका र महिलामाथि ब्ल्याकमेल, साइबर बुली, अश्लील फोटोको दुरुपयोग र फेक प्रोफाइल बनाउने प्रवृत्ति बढेको छ ।” विवाहित, अविवाहित दुवै माया प्रेममा पर्दा आफ्ना सबै ब्यक्तिगत कुरा शेयर गर्ने । सम्बन्ध बिग्रेपछि ब्ल्याकमेल गर्ने यस्ता खालका उजुरी लिएर आउनेको सँख्या उल्लेखीय रुपमा वृद्धि भएको छ । “सबैले अनलाइन सचेतना अपनाउनु जरुरी छ । पासवर्ड सुरक्षित राख्ने, अपरिचितसँग व्यक्तिगत जानकारी नबाँड्ने र सन्देहास्पद लिङ्क नखोल्ने आदतले धेरै हदसम्म साइबर अपराधबाट जोगिन सकिन्छ”, प्रवक्ता अवस्थीले भने ।

साइबर ब्युरोका अनुसार साइवर अपराधबाट बच्नका लागि केही उपायहरूः

१)बलियो पासवर्ड प्रयोग गर्नुहोस् र नियमित परिवर्तन गर्नुहोस् ।
२) दुई–चरण प्रमाणीकरण (2FA)अनिवार्य प्रयोग गर्नुहोस्।
३) सामाजिक सञ्जालमा अत्यधिक व्यक्तिगत जानकारी नबाँड्नुहोस् ।
४) अनलाइनमा अपरिचित व्यक्तिहरूसँग कुरा गर्दा सावधानी अपनाउनुहोस् ।
५) साइबर अपराधको घटना भए तुरुन्त साइबर ब्युरोमा उजुरी गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?