ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

वर्षौँपछि लमहीवासीलाई धनीपूर्जा 

१२ असार २०८२, बिहीबार
१२ असार २०८२, बिहीबार

लमही,  १२ असार ।

दाङको लमही नगरपालिकामा रहेका सुकुम्वासी र अव्यवस्थित बसोबासका जग्गाको जग्गाधनी पुर्जा वितरण सुरु भएको छ । बुधबार एक कार्यक्रमका बिच भूमि समस्या समाधान आयोगको केन्द्रीय अध्यक्ष हरि प्रसाद रिजालले पुर्जा वितरणको उद्घाटन गरेका छन् ।

लमही नगरपालिकाका मेयर जोगराज चौधरी, जिल्ला समन्वय समितिका अध्यक्ष नित्यानन्द शर्मा, जिल्ला भूमि आयोगका अध्यक्ष हुकुम बहादुर बस्नेतको उपस्थितिमा २३ जनालाई रिजालले पुर्जा वितरण गरेका हुन । नगरपालिका वडा नम्बर ३ स्थित कान्छी गाउँमा वर्षौँदेखि अबेबस्थित रूपमा बसोबास गर्दै आएका २३ घर धनीलाई जग्गाको पुर्जा बिरतण भएको छ । औपचारिक रूपमा जग्गाको धनीपूर्जा वितरण सुरु गरिएको हो । पुर्जा वितरण गर्दै केन्द्रीय अध्यक्ष रिजालले जनताका समस्या समाधान गर्न आफूहरूले दू्रर्त गतिमा काम गरेको बताए । उनले पुर्जा पाउनेलाई बधाइ दिदै जग्गाको सदुपयोग गर्न आग्रह गरे । लामो समयदेखि कानुनी स्वामित्वविना बस्दै आएका ती परिवारहरूलाई पहिलो पटक आफ्नो नाममा प्रमाणित कागज पाएपछि स्थानीयवासी उत्साहित भएका छन् ।

लमही नगरपालिकाको समन्वयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र मालपोत कार्यालयको प्राविधिक सहयोगमा सो अभियान अघि बढाइएको हो । पहिलो चरणमा करिब २३ परिवारलाई धनीपूर्जा वितरण गरिएको नगरपालिकाले जनाएको छ । धनीपूर्जा पाउने अवसर जुटेका स्थानीय बासिन्दाहरूले आँखा रसाउँदै खुसी साटेका थिए । ६५ वर्षीय कान्छीगाउँवासी तुलसी सरीमगर भन्छिन्, “अब त ढुक्क भएर बस्न पाइने भयो, वर्षौँदेखि डरैडरमा बस्नुपरेको थियो । सरकारले सुनेकोमा धन्यवाद छ ।”

वडाध्यक्ष मनोज कुमार चौधरीका अनुसार बाँकी परिवारहरूलाई पनि छानबिन र नापजाँचको प्रक्रिया पूरा गरी क्रमशः पुर्जा वितरण गरिने छ । उनले भने, “सरकारको ‘भूमिहीनलाई भूमि’ भन्ने नीतिअनुसार हामी बाँकी सुकुम्वासी बस्तीलाई समेत छिट्टै व्यवस्थित गर्नेछौँ ।” धनीपूर्जा वितरणसँगै कान्छी गाउँमा बसोबास गरिरहेका नागरिकलाई सरकारी सेवा प्राप्तिमा सहजता हुने, बैंकबाट ऋण लिन, घर निर्माण गर्न र आफ्नो अधिकारको उपयोग गर्न बाटो खुलेको छ ।

लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले भने, “धनी पुर्जा वितरणमार्फत हामीले सामाजिक न्यायको सन्देश दिन खोजेका छौँ । यो कदम नगरलाई व्यवस्थित, न्यायपूर्ण र समावेशी बनाउने दिशातर्फको थालनी हो ।” धनी पुर्जा वितरणको यो प्रक्रिया नगरका अन्य अबेबस्थित बस्तीहरूमा पनि विस्तार गर्ने तयारीमा नगरपालिका जुटेको जनाएको छ । लमही नगरपालीका–सुकुम्वासी र अबेबस्थित गरि जम्मा आवेदन ८ हजारको बिबेदन परेको छ ।

जस मध्य, भूमिहीन दलित– २ सय२४, भूमिहीन सुकुम्वासी–१ हजार ३ सय २ अव्यवस्थित बसोबासी–६ हजार ७ सय २० रहेका छन् ।लमही नगरपालिकाको अधिकांश बसोबास अस्थायी भएका कारण पालिकाले अपेक्षा गरेको राजस्व समेत चुवाओट भएको छ । लामो समयदेखि स्थानीय, प्रदेश, सघको निर्वाचनमा सबै जसो दलले जग्गाको पुर्जा दिने नारानै बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?