Butwal Today

लागु औषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस तथा तीन महिने अभियानको समापन

१२ असार २०८२, बिहीबार
अ+
अ-

कपिलवस्तु, १२ असार ।

लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८२ को अवसरमा कपिलवस्तुको यशोधरा गाउँपालिकाको मर्यादपुरमा आयोजित विशेष कार्यक्रमका साथ तीन महिने जनचेतनामूलक अभियानको समापन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजना र जिल्ला प्रहरी कार्यालय कपिलबस्तु, यशोधरा गाउँपालिका तथा सुरक्षा निकाय, शिक्षा क्षेत्र, स्थानीय तह, नागरिक समाज र युवाहरुको सहकार्यमा सञ्चालन गरिएको अभियानको उद्देश्य लागू औषधको दुरुपयोग र अवैध कारोबारबारे जनस्तरमा सचेतना फैलाउने रहेको थियो । सहभागीहरुले जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा समेत राखेका छन् ।

कार्यक्रममा तीन महिने अभियान अन्तर्गत गरिएको गतिविधिहरू विद्यालयस्तरीय सचेतना कक्षा, सडक नाटक, र्याली, ब्यानर प्रदर्शन, अन्तरक्रिया कार्यक्रम लगायतका विवरण प्रतिवेदनको रुपमा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, युवा समूहका प्रतिनिधि तथा सुरक्षाकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको क्रममा लागू औषध दुरुपयोगविरुद्ध सन्देशमूलक नृत्य, गीत तथा नाटक समेत प्रस्तुत गरिएको थियो। अभियानमा सक्रिय योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गर्दै कार्यक्रम समापन गरिएको थियो ।

यस कार्यक्रमले समुदायमा लागू औषध सम्बन्धी संवेदनशीलता अभिवृद्धि गर्नुका साथै आगामी दिनमा यस्ता प्रयासलाई अझ सशक्त बनाउन प्रेरणा प्रदान गर्ने आयोजकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?