ट्रेंडिंग:

>> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश

कृषि जोन तथा सुपर जोन बिच सम्झौता

१२ असार २०८२, बिहीबार
१२ असार २०८२, बिहीबार

बर्दिया, १२ असार ।

बर्दियामा सञ्चालनमा रहेको कृषिमा आधारित विभिन्न जोन तथा सुपर जोन समन्वय समितिको बैठक गुलारिया बसेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई बर्दियाको आयोजनामा नीति तथा कार्यक्रम कार्यान्वयन तथा अनुगमनका लागि समन्वय बैठक बसेको हो ।

बैठकमा माछा जोन, धान जोन, केरा जोन, गाई भैँसी जोन लगायतमा आबद्ध कृषकहरूले सम्बन्धित जोनको अवस्था, चुनौती र अगामी दिनमा परियोजनाले गर्नुपर्ने क्रियाकलाप बारे धारणा राखेका थिए । बैठकमा बोल्दै माछा जोन बढैयातालका इन्द्र प्रसाद लुइँटेलले माछामा आबद्ध कृषक सन्तुष्ट रहेको बताउँदै क्षेत्र बिस्तार, आवश्यक पानीको लागि बोरिङ तथा बजारीकरणका लागि पहल गर्नु पर्ने बताए । माछा पालनमा रोजगारीको सृजना समेत हुने र युवाहरू विदेश नगई स्थानीय स्तरमा पालन गरी रहेको बताए । बैठकमा बोल्दै अर्का किसान केरा जोन गुलरियाका शम्भु प्रसाद अधिकारीले केराको राम्रो व्यापार भइरहेको बताए । अन्य जोन जस्तै केरा जोनका लागि बजेट बढाउनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै काशीराम पौडेलले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सेवाले आफूहरू सन्तुष्टि भएको बताए । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सूर्य बहादुर विष्टले पछिल्लो समय जिल्लामा मकै खेतीले पनि राम्रो प्रगति गरिरहेको हुनाले मकैको लागि पनि निर्धारण वा विशेष योजना बनाउनु पर्ने बताए ।

जिल्लामा अवस्था अनुसारको माटो सुहाउँदो खेती र कार्यक्रम गर्न परियोजनालाई सुझाव दिए । बैठकमा सबै जोनका बिचार सुने पछि बोल्दै परियोजना प्रमुख बिरेन्द्रराज पराजुलीले किसानको समस्या समाधानका लागी किसानको पनि जिम्मेवारी रहेको बताए । सिँचाइको लागि पहल गर्ने उत्पादनका निम्ति थोरै मात्रै भएपनी मध्यस्थकर्ताको सहयोग चाहिने बताए ।

किसानको माग र योजनाहरू अगामी वर्षमा समेटिने प्रमुख पराजुलीले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा परियोजनाले हाल सम्म गरेको प्रगति, विनियोजन भएको बजेट, लाभान्वित सङ्ख्या, देखिएको चुनौती समेतको प्रस्तुति परियोजना इकाइका कृषि अधिकृत युगराज बिकले गरेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख अमिता कुमारी यादव, एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख सागर ढकाल, विभिन्न पालिकाका माछा पालन, गाइ भैँसी पालन, केरा खेती, धानखेती गर्ने किसान र सञ्चार कर्मीहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?