© २०२३
बुटवल, असार १२ ।
कर्तव्य ज्यान मुद्धामा फरार एक जनालाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ ।
पाल्पाको पूर्वखोला गाउँपालिका वडा नं.१ गुनडाँडा बस्ने ५५ वर्षीय चिनीसरा सार्कीको हत्या गरी फरार सोही स्थानका ६६ वर्षीय पूर्ण बहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
हत्या अभियोगमा फरार सार्की भारतमा लुकिछिपी बस्दै आएको र नेपाल फर्कन लागेको भन्ने सूचनाका आधारमा परिचालित प्रहरी टोलीले सार्कीलाई बिहिबार बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाको भन्सार कार्यालय अगाडि फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सार्कीमाथी मुलुकी ऐन, २०२० को ज्यान सम्बन्धी कसूरमा पाल्पा जिल्ला अदालतबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ दफा १४(१) बमोजिम ५ दिनको म्याद लिई थप अनुसन्धानको भईरहेको पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पवन कुमार भटराईले बताए ।