© २०२३
सुर्खेत ।
कर्णाली प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गते सार्वजनिक बिदा दिने भएको छ। प्रदेश सरकारद्वारा बुधवार जारी सूचनामा जुम्लाबाहेकका ९ जिल्लामा सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा बिदा लागू हुने उल्लेख गरिएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत राजेश चौधरीका अनुसार, प्रदेश मन्त्रिपरिषद्को २०८१ चैत १७ गतेको निर्णयअनुसार यो बिदा प्रदान गरिएको हो। मन्त्रालयले जारी गरेको सूचनामा सम्बन्धित सबैलाई जानकारी गराउन सार्वजनिक सूचना प्रकाशित गरिएको जनाएको छ।
जुम्लामा भने चैत महिनामै धान रोपाइँ हुने भएकाले असार १५ मा बिदा दिइँदैन। प्रदेश सरकारले जुम्लाका लागि हरेक वर्ष चैत १२ गते सार्वजनिक बिदा दिने निर्णय गर्दै आएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले धान दिवसका अवसरमा विशेष औपचारिक कार्यक्रमसमेत गर्ने जनाएको छ।