© २०२३
काठमाडौँ ।
इरानबाट उद्धार गरिएका २७५ जनामध्ये तीन जना नेपाली नागरिक पनि भारत आइपुगेका छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार बुधबार २७२ भारतीय र तीन नेपाली नागरिकलाई इरानबाट दिल्ली ल्याइएको हो।
प्रवक्ता जयसवालले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्वीटर) मार्फत जानकारी दिँदै उद्धार अभियान ‘अपरेसन सिन्धु’ अन्तर्गत उनीहरूलाई सुरक्षित रूपमा ल्याइएको उल्लेख गरेका छन्।
इरान र इजरायलबीचको पछिल्लो सैन्य तनावका कारण त्यहाँ रहेका विदेशी नागरिकहरू जोखिममा परिरहेका बेला भारतले यो उद्धार अभियान सञ्चालन गरेको हो। जयसवालका अनुसार अहिलेसम्म ३ हजार ४२६ भारतीय नागरिकलाई इरानबाट सुरक्षित रूपमा फर्काइएको छ। यद्यपि आज ल्याइएका तीन नेपाली नागरिकका विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।इरान–इजरायल तनाव बढेसँगै विभिन्न देशहरूले आफ्नो नागरिकलाई उद्दार गर्दै स्वदेश फर्काइरहेका छन्।