ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

अर्घाखाँचीका ६ पालिकाको बजेट: पुरानै योजनालाई निरन्तरता

१२ असार २०८२, बिहीबार
१२ असार २०८२, बिहीबार

अर्घाखाँची, १२ असार ।

जिल्लाका ६ वटै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । जेठ २७ गतेबाट सभा सुरु गरी बुधबार भूमिकास्थान नगरपालिकाले बजेट सार्वजनिक गरेको हो ।  आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि शितगंगा नगरपालिकाको बजेट ९३ करोड ६७ लाख ५० हजार रुपैयाँ, सन्धिखर्क नगरपालिकाको बजेट १ अर्ब ११ करोड १४ लाख रुपैयाँ, मालारानी गाउँपालिकाको बजेट ६२ करोड ९२ लाख ५१ हजार रुपैयाँ, पाणिनि गाउँपालिकाको बजेट ७२ करोड २० लाख ७४ हजार ५ सय, छत्रदेव गाउँपालिकाको बजेट ५४ करोड ९ लाख ५५ हजार ७० रुपैयाँ र भुमिकास्थान नगरपालिकाको ८३ करोड ९४ लाख ७४ हजार बराबरको बजेट सार्वजनिक गरेका छन् । उनीहरूले ल्याएको बजेटमा अधिकांश पुरानै योजना सम्पन्न गर्ने उल्लेख छ ।

मंगलबार सन्धिखर्क नगरसभाको १८ औं अधिवेशन मार्फत नगर उपप्रमुख मिश्रा आचार्यले सार्वजनिक गरेको बजेटमा स्थानीय रैथाने बालीबाट उत्पादित वस्तु ब्रान्डिङ र प्याकेजिङ गरेर बजार पठाउने भएको छ । पालिका भित्रका छनोट गरेका सहकारीबाट बजारीकरण गर्ने भएको छ ।स्थानीय कृषि उत्पादनको प्रशोधन, भण्डारण, ब्राण्डिङ, प्याकेजिङ, लेबलिङ गरेर उत्पादित वस्तु जिल्ला र ठूला सहरमा निर्यात गरिने बजेटमा उल्लेख छ । कृषि उद्यमबाट स्थानीयलाई रोजगारी बनाउने नीति अघि सारेको हो । सन्धिखर्क नगरपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन लुम्बिनी प्रदेश विशेष कार्यक्रम अन्तरगत नवीनतम प्रविधि अन्तर्गतको धान, मकै बाली प्रवर्द्धन गर्ने उल्लेख छ । जसका लागि १७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

कृषि व्यवसायलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने आचार्यले विनियोजन गरेको बजेटमा उल्लेख छ । तरकारी पकेट विकास कार्यक्रम, कफी पकेट र सुन्तला विशेष कार्यक्रम ल्याइने भएको हो । एभोगाडो, ड्रागन फुड, कागती, आरुबखडा लगायतका सहित हिउँदे तथा वर्षे फलफूल खेतीको लागि बिरुवमा ५० प्रतिशत अनुदानमा वितरण गर्ने भएको हो ।

कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य पूर्वाधार विकास लगायतका काममा बजेट विनियोजन गरिएको छ  क्षेत्रफलका हिसाबले देशैको ठुलो अर्घाखाँचीको शितगंगा नगरपालिकाले कृषि उद्यमबाट स्थानीयलाई रोजगारी, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता राख्दै बजेट विनियोजन गरेको छ । वडा कार्यालयसँगको समन्वयमा सहकारी मार्फत कृषि उद्यमशीलता कार्यक्रम सबै वडामा सञ्चालन गरी कृषि तथा पशु विकास सम्बन्धी उत्पादन बढाउने भएको छ । उपप्रमुख गीता भाटले सार्वजनिक गरेको बजेटमा कृषि तथा पशु विकासका माध्यमबाट रोजगारी सृजना र आयआर्जन बढाइने बताइएको छ । किसान सूचीकरणको गरिने उल्लेख छ ।

मालारानी गाउँपालिकाले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । उपाध्यक्ष दीपा पोखरेलले सार्वजनिक बजेटमा सडकलाई पिच गर्ने, कृषि, पर्यटन प्रवर्द्धन गर्दै स्थानीयलाई स्वरोजगार बनाउने उल्लेख छ । सुन्तला, फलफूल, कोदो खेती विस्तारसहित स्थानीय बालीको संरक्षण गर्दै बाँझो बारी नराख्ने र उत्पादन बढाउने लक्ष्य लिइएको छ । कृषि तथा पशु उद्यमशीलता विकास परियोजना बहु वर्षीय रूपमा सञ्चालन गर्ने भएको छ । सामुदायिक स्कुलको शैक्षिक गुणस्तर वृद्धि गर्ने, सबै नागरिकको स्वास्थ्य सेवा लगायत पुरानै कार्यक्रम तथा योजनालाई निरन्तरता दिइएको छ ।

पाणिनि गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल गौतमले सार्वजनिक गरेको बजेटमा कृषि उत्पादनलाई जोड दिइएको छ । शिक्षामा सुधार, स्वास्थ्यमा सहज पहुँच, पूर्वाधार विकास, खेलकुद गतिविधि, पालिकाभित्रका सडकलाई सुधारसहित स्थानीय तथा युवालाई कृषि उद्यममा जोड्ने र रोजगारीका अवसर सृजना गर्ने उल्लेख छ । छत्रदेव गाउँपालिका उपाध्यक्ष मनी पन्थीले ल्याएको बजेटमा पनि पुरानै कार्यक्रम र योजनालाई निरन्तरता दिइएको छ । पालिकाभित्र शैक्षिक गुणस्तर वृद्धि गर्ने, कृषि उद्यमलाई महत्त्व दिइएको छ ।

भूमिका स्थान नगरपालिकाले कृषि क्षेत्र अन्तर्गत विउपल उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको हो, समपूरक क्षेत्रबाट विनियोजन भएका योजनालाई कार्यान्वयनमा जोडसँगै स्थानीयलाई रोजगारी, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता राख्दै बजेट विनियोजन गरेको नगरप्रमुख झविलाल थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?