ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

माधव नेपाललाई यी आधारमा तोकियो ३५ लाख धरौटी

१२ असार २०८२, बिहीबार
१२ असार २०८२, बिहीबार

काठमाडौँ ।

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई दिएको हदबन्दी छुट र बेचबिखन तथा सट्टापट्टाका लागि दिएको अनुमति नीतिगत निर्णय नठहरिए पूर्वप्रधानमन्त्री माधव नेपाल भ्रष्टाचार मुद्दामा दोषी देखिन सक्ने संकेत विशेष अदालतले गरेको छ।

विशेष अदालतका सदस्यहरू तेजनारायणसिंह राई, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले बुधबार नेपालसँग लिएको बयान र दुवै तर्फबाट भएको बहसपछि गरेको आदेशमा उनलाई हुन सक्ने कैद र जरिवाना समेतलाई दृष्टिगत गरी धरौटी माग्ने आदेश गरेको हो।

नेपाल पक्षका कानुन व्यवसायीले मन्त्रिपरिषद्को बैठकबाट गरिएको नीतिगत निर्णयमा भ्रष्टाचार मुद्दा नै चल्न नसक्ने दाबी गर्दै फोन नम्बर मात्र टिपेर घर पठाइदिन माग गरेका थिए। अदालतले त्यस्तो मागलाई अस्वीकार गरेको छ र उक्त प्रकरणमा नेपालको संलग्नता तथा पदीय हैसियतसमेतको कुरा उल्लेख गरी धरौटी रकम तोकेको छ।

अदालतले पतञ्जलिका विषयमा मन्त्रिपरिषद् र उक्त मन्त्रिपरिषद् अन्तर्गतको समितिले गरेको निर्णय नीतिगत हो कि होइन भन्ने विषयमा पछि विचार गर्ने भन्दै तत्काल प्राप्त प्रमाणले माधव नेपाललाई थुनामा राखी पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिएको तर उनले हानि नोक्सानी गरेको बिगो र उनलाई हुन सक्ने कैद वा जरिवाना समेतलाई दृष्टिगत गरी धरौटी वा जमानत माग्नुपर्ने अवस्था विद्यमान रहेको आदेशमा उल्लेख गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्का नीतिगत निर्णयमा भ्रष्टाचारको कारबाही चलाउन नसक्ने गरी कानुनमा क्षेत्राधिकार तोकिएको छ।

‘तत्काल प्राप्त प्रमाण र उल्लिखित तथ्यहरूबाट प्रतिवादी माधवकुमार नेपालको हकमा विशेष अदालत ऐन, २०५९ को दफा ७ को खण्ड (घ) को अवस्था विद्यमान देखिन आयो,’ आदेशमा लेखिएको छ, ‘तसर्थ पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी प्रतिवादी माधव कुमार नेपालको तत्कालीन पदीय हैसियत र भूमिका समेतलाई मध्यनजर गरी प्रस्तुत मुद्दाको पुर्पक्षको लागि नगदै ३५ लाख रूपैयाँ वा सो बराबरको बैंक जमानत दिए लिई तारिखमा राख्नू। उल्लिखित माग गरिएको धरौटी रकम वा बैंक जमानत दिन नसके विशेष अदालत नियमावली, २०५० को नियम ३० को उपनियम (२) बमोजिम निज प्रतिवादीलाई थुनुवा पूर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनू।’

विशेष अदालत ऐन, २०५९ को दफा ७ को खण्ड (घ) मा तत्काल प्राप्त प्रमाणबाट कुनै अभियुक्तलाई थुनामा राखी पुर्पक्ष गर्नुपर्ने नदेखिएमा निजसँग निजले हानि नोक्सानी गरेको बिगो वा गैरकानुनी रूपमा लिएको रकम र निजलाई हुन सक्ने कैद वा जरिवाना समेतलाई दृष्टिगत गरी धरौटी वा जमानत माग्ने प्रावधान छ।

नेपालको बयान– सरकारी जग्गा हिनामिना भएको छैन
पूर्वप्रधानमन्त्री नेपालले विशेष अदालतमा बयान दिँदा पतञ्जलिले राजस्व तिरी जग्गा खरिदबिक्री गरेकोले राज्यलाई हानि नोक्सानी नभएको जिकिर गरेका थिए।

त्यस्तै कुनै सार्वजनिक सरकारी जग्गा हिनामिना हानिनोक्सानी नभएको दाबी पनि उनले गरेका थिए।

‘यसबाट राज्यलाई हानिनोक्सानी हुने कार्य भएको छैन,’ नेपालले बयानका क्रममा भने, ‘कोही कसैसँग मैले कुनै किसिमको अनुचित लाभको लागि मिलेमतो गरेकोसमेत छैन। आरोपदाबी पूर्णरूपमा आधारहीन छ।’

अदालतले यी आधारमा माग्यो ३५ लाख धरौटी
पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपाल (हाल परिवर्तित पतञ्जली योगपीठ नेपाल)ले खरिद गरेको जग्गाको कुल क्षेत्रफल कानुनबमोजिम खरिद गर्न र स्वामित्व ग्रहण गर्न पाउने सीमाभन्दा बढी देखिएको र त्यो अनुमति दिन माधव नेपालको भूमिका देखिएको अदालतले प्रारम्भिक सुनुवाइका क्रममा जारी आदेशमा उल्लेख गरेको छ।

कम्पनीले उक्त जग्गा खरिद गरिसकेपछि हदबन्दी स्वीकृतिको लागि भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा निवेदन दिएकोमा सो विषयमा निर्णय गर्न तहतह टिप्पणी आदेश भई नेपाल नेतृत्वको मन्त्रिपरिषदमा पेस गरिएको र मन्त्रिपरिषदबाट “विधेयक समितिमा छलफल गरी समितिको निर्णय बमोजिम गर्ने” भनी २०६६ पुस २९ मा निर्णय भएको देखिएको आदेशमा लेखिएको छ।

तत्पश्चात सो समितिले “जुन प्रयोजनको लागि जग्गा खरिद गरिएको हो, सोही प्रयोजनमा मात्र प्रयोग गर्ने र खरिद गरिएको जग्गा बेचबिखन गर्न नपाउने गरी भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ बमोजिम हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न स्वीकृति दिने” भनी निर्णय गरेको तथ्य पनि आदेशमा उल्लेख गरिएको छ।

आदेशमा उल्लेख भएअनुसार, त्यसरी विधेयक समितिमा पेस गर्ने गरी निर्णय हुनुअगाडि नै २०६६ पुस २२ को मन्त्रिपरिषदको निर्णयले उद्योग प्रतिष्ठानलाई अधिकतम हदभन्दा बढी जग्गा राख्न छुट दिनेसम्बन्धी कार्यनीति, २०६२ स्थगन गरिएकोको छ। पतञ्जलिको तर्फबाट पुनः ०६६ फागुन १७ मा भूमिसुधार तथा व्यवस्था मन्त्रालयको मन्त्रीसमक्ष हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा र बिक्री गरीपाऊँ भनी निवेदन दिइएको छ।

पतञ्जलिले माग गरेबमोजिम जग्गा बेचबिखन तथा सट्टापट्टा गर्न दिनका लागि तत्कालीन प्रधानमन्त्री माधव नेपालबाट प्रस्ताव ल्याउन मौखिक निर्देशन भएकोले मन्त्रिपरिषदमा प्रस्ताव पेस भएको देखिएको पनि अदालते भनेको छ।

२०६६ चैत ६ मा मन्त्रिपरिषदबाट “बिक्री हुने जग्गाबाट प्राप्त रकम बराबरको जग्गा जुन प्रयोजनको लागि खरिद गरिएको हो, सोही प्रयोजनमा मात्र प्रयोग हुने तथा विधेयक समितिको निर्णयको अधीनमा रहने गरी अरु प्रस्तावमा लेखिएबमोजिम गर्ने” भनी निर्णय भएको छ। त्यसरी मन्त्रिपरिषदबाट भएको निर्णय सम्बन्धित मालपोत कार्यालय काभ्रेपलाञ्चोकमार्फत कार्यान्वयन भई पतञ्जलिले खरिद गरेको हदबन्दीमाथिको जग्गा तहतह प्लट मिलान र कित्ताकाट भई अनेकौं व्यक्ति विशेषको नाउँमा खरिद बिक्री भई गएको छ।

‘जग्गा बिक्रीबाट प्राप्त रकम हदबन्दी छुटसम्बन्धी प्रयोजनमा प्रयोग गरिएको भन्ने खुल्न नसकेको, प्रचलित भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ बमोजिम हदबन्दी छुट प्राप्त गर्न सक्ने उद्योग, प्रतिष्ठान वा संस्थाअन्तर्गत प्रतिवादी पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नपर्ने भन्ने भूमिसुधार तथा व्यवस्था मन्त्रालयको ऐन नियम परामर्श शाखाको रायबाटसमेत देखिन्छ,’ आदेशमा लेखिएको छ।

पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा खरिद गर्ने र खरिद गरेको जग्गा जुन प्रयोजनको लागि खरिद भएको हो, त्यसमा प्रयोग नगर्दै अन्य व्यक्ति विशेषलाई बिक्री वितरणसमेत गर्न पाउने गरी तत्कालीन प्रधानमन्त्री माधव नेपालको अध्यक्षतामा बसेको मन्त्रिपरिषदले गरेका निर्णयहरू विशुद्ध नीतिगत निर्णयको परिधिमा पर्ने हो वा होइन भन्ने प्रश्नको विषयमा मुद्दाको अन्तिम निर्णय हुँदा निरूपण हुने अदालतले भनेको छ।

‘माधव नेपालले अख्तियार र अदालतमा गरेको बयान, उजुरी व्यहोरा, नेपालको अध्यक्षतामा रहेको मन्त्रिपरिषदको निर्णय समेतका आधारमा पतञ्जलिले हदबन्दीभन्दा बढी जग्गा खरिद गरेकोमा जुन प्रयोजनको लागि हदबन्दी छुट दिने निर्णय भएको हो, सो प्रयोजनमा उपयोग नगरी उक्त जग्गा बिक्री वितरण गर्ने अनुमति भएअनुसार नै सो जग्गा तहतह कित्ताकाट गरी बिक्री वितरण गरेको देखिएको,’ आदेशमा अगाडि लेखिएको छ, ‘साथै त्रिलोचन उप्रेती र मीनेन्द्र रिजाल समेतले अनुसन्धानको क्रममा गरेको बयान कागज समेतका तत्काल प्राप्त प्रमाण र उल्लिखित तथ्यहरूबाट प्रतिवादी माधव नेपालको हकमा विशेष अदालत ऐन, २०५९ को दफा ७ को खण्ड (घ) को अवस्था विद्यमान देखिन आयो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?