ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

दिनभरको रोपाइँ घण्टामै

१२ असार २०८२, बिहीबार
१२ असार २०८२, बिहीबार

सल्यान, १२ असार ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नंं. ६ का कृषक मानबहादुर वलीले सँघारमा रहेको आफ्नो खेतमा दिउँसो सबेरै धान रोपाइँ भ्याए । उनले भने, “पहिले ४ रोपनी खेत जोत्न ४ दिन लाग्थ्यो, अहिले त २ घण्टामै सकिन्छ ।” खेतीपातीमा कृषि यन्त्रको प्रयोगले गर्दा छिटो, सजिलो र सहज रूपमा काम सम्पन्न गर्न सम्भव भएको हो ।

सल्यानमा पछिल्लो समय खेतीपातीमा गोरु र मान्छेको भर परेर काम गर्ने समय अब धेरै किसानले बिर्सिँदै गएका छन् । आधुनिक मेसिनको प्रयोगले खेती गर्न सजिलो र छिटो हुने भएपछि किसानहरू अब खेतबारी जोत्ने मेसिन मिनी टिलर (हाते ट्याक्टर) तर्फ आकर्षित भएका हुन् ।

“पहिले खेत जोत्न मान्छे बोलाउनुपर्ने, गोरुले जोत्नुपर्ने, त्यसको झन्झट बेग्लै, खर्च पनि धेरै हुने, अहिले त बिहान मेसिन लगाएर जोत्न थालेको, दिउँसो धान रोपि सकिएको हुन्छ,” कृषक मान बहादुरले भने । आफूले दुई वटा मिनी टिलरको प्रयोगबाट खेत जोतेर ४ घण्टामै धान रोपाइँ सकेको भन्दै उनले आफूहरूको गरिज्युला कृषक समूहमा आबद्ध २० जना किसानले अहिले मेसिनकै सहायताले जोत्न थालेको बताए ।

त्यसै गरी वडा नं. ६ कै अर्का कृषक मैसर पुनले पनि आफ्नो ८ रोपनी खेत मेसिनकै सहायताले जोतेका हुन् । विशेष गरेर यस क्षेत्रका किसानहरूले विगत दुई वर्षदेखि हाते ट्याक्टरको प्रयोग गरेर खेतबारी जोत्दै आएका छन् । गोरुले जोत्नुपर्दा खेतको माटो पनि मसिनो नहुने, कुनाकन्दरामा हलोले टिप्न नसक्ने हुँदा फेरी आफैँ खन्नुपर्ने समस्या हुने गरेको थियो । तर मेसिन प्रयोग गर्दा छेउ कुना पनि खन्न नपर्ने किसानहरूको भनाइ छ ।

गाउँपालिकाले कृषक समूहलाई मेसिनहरू ५० प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको छ । यसै वर्ष छत्रेश्वरी गाउँपालिकाका ३९ जना कृषक समूह, सहकारी तथा व्यावसायिक कृषकले अनुदानमा मिनी लिटर पाएका छन् । यस अघिका दुई वर्षमा पनि ३८ वटा मिनी लिटर अनुदानमा उपलब्ध गराइएको जनाउँदै गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी कृषि यन्त्र उपकरणको माग बढ्दो रहेको बताउँछन् । किसानहरूले समूहमा पालैपालो मेसिन प्रयोग गर्ने गरेका छन् । यान्त्रिक प्रविधिको प्रयोगले खेतीमा समय, श्रम र खर्च घट्ने भएपछि किसानहरू यसको प्रयोगतर्फ आकर्षित हुँदै गएका हुन् ।

८० प्रतिशत धान रोपाई सकियो

सल्यानमा असारको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलमध्ये करिब ८० प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ  ।कृषि विकास कार्यालय सल्यानका अनुसार धान खेती हुने जिल्लाका नौ पालिकामा रोपाइँ चलिरहेको छ । जिल्लामा कुल छ हजार १५८ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान रहेको छ । जसमध्ये असार दोस्रो सातासम्म ७० देखि ८० प्रतिशतसम्म धान रोपाइँ सकिएको कृषि विकास कार्यालयका वसन्त रेग्मीले जानकारी दिए ।

समयमै पानी परेको कारण तथा सिँचाइ सुविधा भएका क्षेत्रहरूमा खनजोत लगायतको तयारी र किसानहरूको सक्रियताका कारण असार दोस्रो सातामा नै करिब ८० प्रतिशत धान रोपाई सकिएको हो । किसानहरूले यस वर्ष हाइब्रिड धानका जातहरूसँगै राम धान, खुमल, हर्दिनाथ, सुख्खा धान लगायतका जात लगाएका छन् ।

जिल्लाका केही पालिकामा चैते धान खेती पनि हुने गरेको छ । कालीमाटी र कुमाख गाउँपालिकामा किसानले चैते धान खेती गरेको र कतिपयले चैते धान भित्राइसकेको तथा कतीपय किसान भित्राउने तयारीमा जुटेका छन् । यहाँका किसानले सीएच ४५ जातको चैते धान लगाउने गरेका छन् ।

जिल्लामा चालू आर्थिक वर्ष ०८१/८२ मा छ हजार हेक्टर क्षेत्रफलमा २८ हजार ८७८ मेट्रिकटन धान उत्पादन भएको थियो । आर्थिक वर्ष ०८०/८१ मा छ हजार २९ हेक्टर क्षेत्रफलमा २८ हजार ५५९ मेट्रिकटन धान उत्पादन भएको थियो । कार्यालयका अनुसार आर्थिक वर्ष ०७९÷८० मा जिल्लामा सात हजार ६६ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । सहरीकरणको प्रभाव, जनशक्ति अभाव लगायतका कारण धान खेती हुने क्षेत्र घटेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?