Butwal Today

विशेष अदालतमा माधव नेपालको बयान सकिँदा थुनछेक बहस थालियो

११ असार २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

पतञ्जलि योगपीठ जग्गा विवादमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको थुनछेक बहस विशेष अदालतमा जारी छ। बयान सकिएलगत्तै बहस सुरु भएको हो।विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा बहस भइरहेको छ।

न्यायाधीश राईले अख्तियारका वकिलहरूलाई बयान पढ्न समय चाहिएको भन्दै दुई प्रति प्रिन्ट गर्न निर्देशन दिए। उनले २ बज्न लागेको र बहस आजै सक्नुपर्ने भन्दै एक घन्टाभित्र बहस सक्न निर्देशन दिए।

अख्तियारका वरिष्ठ अधिवक्ता सुशील पन्तले समय आवश्यक पर्ने बताए भने नेपाल पक्षका वरिष्ठ अधिवक्ता शम्भु थापाले समयमै बहस सक्न सकिने दाबी गरे। न्यायाधीशले बहस नदोहोरिने गरी तुरुन्तै सुरु गर्न आदेश दिएका छन् र अहिले अख्तियारका अधिवक्ता पन्त बहसमा जवाफ दिइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?