ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

लमहीमा बजेटमार्फत सामाजिक रूपान्तरणमा जोड 

११ असार २०८२, बुधबार
११ असार २०८२, बुधबार

लमही, ११ असार ।

जिल्लाको लमही नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि झन्डै एक अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक रूपान्तरणका कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ । मंगलबार बसेको १७औँ नगर सभामा नगर उपप्रमुख लक्ष्मी योगीले ९९ करोड ७८ लाख ८१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

जनमुखी बजेट, पूर्वाधार र सेवा प्रवाहमा जोड दिएको दाबी गर्दै नगर उपप्रमुख योगीले बजेट प्रस्तुत गर्दै विकासमुखी योजना तथा जनताको आवश्यकता समेटिएको जनमुखी बजेट रहेको बताइन् । उनले शिक्षामा गुणस्तर, स्वास्थ्यमा पहुँच, कृषि क्षेत्रको आधुनिकीकरण र युवासँग सम्बन्धित कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको उल्लेख गरिन् । शिक्षा, युवा तथा खेलकुदतर्फ ५ करोड ३ लाख ९३ हजार रुपैयाँ, स्वास्थ्य क्षेत्रमा २ करोड, कृषि विकासमा ५४ लाख रुपैयाँ र वडा स्तरीय योजनामा १ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ। भौतिक पूर्वाधार, प्रशासन, महिला तथा सामाजिक विकासका लागि समेत पर्याप्त बजेट छुट्टाइएको छ ।

सङ्घीय सरकारबाट प्राप्त आर्थिक साझेदारी अन्तर्गत समानीकरण अनुदान १४ करोड ८९ लाख, राजस्व बाँडफाँडबाट १६ करोड १० लाख ६५ हजार, सङ्घीय सशर्त अनुदानतर्फ चालु खर्चका लागि २२ करोड २३ लाख र पुँजीतर्फ ४ करोड ८१ लाख, समपूरक अनुदानतर्फ १ करोड रुपैयाँ प्राप्त हुनेछ। प्रदेश सरकारबाट प्रदेश राजस्व बाँडफाँड १ करोड ७७ लाख ३९ हजार, आन्तरिक स्रोतबाट ५ करोड ३८ लाख ५ हजार, स्थानीय राजस्वबाट १४ करोड ६९ हजार र अस्पतालबाट १ करोड ५० लाखको आम्दानी अनुमान गरिएको छ। बैङ्क मौज्दात २ करोड रुपैयाँ रहेको छ ।

बरघर प्रथा व्यवस्थापन र खानेपानी समिति सुदृढीकरणतर्फ विशेष पहल १७औँ नगरसभाको उद्घाटनसँगै दुई महत्त्वपूर्ण कार्यविधिहरू प्रस्तुत गरिए— १ बरघर प्रथा व्यवस्थापनसम्बन्धी कार्यविधि नगरप्रमुख जोगराज चौधरीले कार्यविधि पेस गर्दै बरघर प्रथालाई थप व्यवस्थित गर्दै कार्यान्वयनको चरणमा लैजाने घोषणा गरे । चौधरी समुदायमा चलनचल्तीमा रहेको यो परम्परागत सामाजिक संरचनालाई व्यवस्थित गरेर सामाजिक स्वीकृति दिइनेछ। मुख्य प्रावधानहरू । वडा तहमा निगरानी समिति गठन जनचेतनामूलक कार्यक्रम,विद्यालय स्तरमा पाठ्यक्रममा समावेशीकरण,प्रभावकारी पालना गराउने व्यवस्था रहने छ ।

खानेपानी तथा उपभोक्ता समिति दर्ता तथा नवीकरण व्यवस्थापन कार्यविधि, २०८२ नगर क्षेत्रभित्र सक्रिय खानेपानी तथा उपभोक्ता समूहहरूको पारदर्शी दर्ता, नवीकरण, अनुगमन र समन्वयका लागि विधिक व्यवस्था गरिएको छ। मुख्य विशेषताहरू: दुई वर्षमा अनिवार्य नवीकरण, महिला सहभागिता र लेखा परीक्षण अनिवार्य,उपभोक्ता अधिकारको सुनिश्चितता, नगरपालिकासँग समन्वयमा योजना कार्यान्वयन नगर सभामा बहस र सहभागिता नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, सरोकारवाला, नागरिक समाज र सञ्चारकर्मीहरूको सहभागिता रहेको नगर सभामा विभिन्न क्षेत्रगत प्रतिवेदनहरू समेत प्रस्तुत गरिए । नगर प्रमुख चौधरीले गत वर्षका योजनाहरूबाट ५३ प्रतिशत उपलब्धि हासिल भएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?