© २०२३
बुटवल(बुटवल टुडे) ११ असार ।
भुतुङ्ग छापचौर तराई सम्पर्क समाज रुपन्देहीले सदस्य विरामी सदस्यलाई राहत प्रदान गरेको छ । गुल्मी जिल्लाको छापचौरबाट रुपन्देहीमा आएर बसोबास गर्दै आएका संस्थाका आजिवन सदस्यलाई राहत प्रदान गरेको हो ।
देवदह खैरनीमा लामो समय देखि बस्दै आएका कर्ण बहादुर क्षेत्री पछिल्लो समय विरामी भई लुम्बिनी प्रादेशिका अस्पतालमा उपचाररत रहेका थिए ।
उनलाई संस्थाका अध्यक्ष क्या.सु.मे. राजकुमार केसी, बरिष्ठ उपाध्यक्ष मन बहादुर थापा, सल्लाहकार विश्वास ढकाल, तिलोत्तमा संयोजक तेज बहादुर कार्की, सैनामैना संयोजक विजय ढकाल ले अस्पतालमा पुगेर स्वाथ्य लाभको कामना गर्दै नगद १० हजार प्रदान गरेका हुन ।